विराटनगर : गर्मी अत्यधिक बढेपछि विराटनगर महानगरपालिकाका विद्यालयमा तीन दिन बिदा दिइने भएको छ ।
बुधबारदेखि शुक्रबारसम्म दिन बिदा दिइएको हो । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले जेठ २८ देखि ३० गतेसम्म पठनपाठन बन्द गर्न विद्यालयहरूलाई सूचनामार्फत निर्देशन दिएका हुन् ।
‘केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा पठन पाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको तथा बालबालिकाको स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन मिति २०८२–०२–२८ देखि २०८२–०२–३० गतेसम्म बन्द गर्न गराउन जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ, ‘साथै यस अवधिमा तापक्रममा गिरावट आएमा वा वर्षात भइ विद्यालय सञ्चालन गर्न अनुकूल भएमा विद्यालयको नियमित पठनपाठनको व्यवस्था विद्यालयबाट मिलाउन हुन समेत अनुरोध छ ।’













Discussion about this post