विराटनगर : विराटनगरस्थित आरोहण गुरुकुलमा बिहीबारदेखि विराट वाङ्मय उत्सव–२०८२ सुरु भएको छ ।
विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा सुरु भएको उत्सव दुईदिनसम्म सञ्चालन हुनेछ ।
उत्सवको विराटनगर महानगरपालिकाकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् ।
उद्घाटन समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको संकलित कविताहरूको संग्रह, युवा कवि रमेशचन्द्र अधिकारीको माझीहाडाम कवितासंग्रह र काव्यारोहण विमोचन गरिएको थियो । कार्कीसहित वरिष्ठ कवि जसराज किराती र आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।
कवि रमेशचन्द्र अधिकारी, धीरज राई र दीपेश भण्डारीले गरेको काव्यारोहणमा गुरुकुलले आयोजना गरेको कविता वाचन शृंखला ‘काव्यारोहण, आरोहण कवितायात्रा’मा प्रस्तुत भएका १२ जना कविका पाँच–पाँचवटा कविता समावेश गरेर ‘काव्यारोहण’ प्रकाशित गरिएको आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा वरिष्ठ कवि किरातीले सम्भाषण प्रस्तुत गरे ।
उत्सवअन्तर्गत मेरो स्वरः हाम्रो आवाज (कविता वाचन), हाम्रो भाषाः हाम्रो पहिचान, साहित्यको सामाजिकता, संस्मरणमा तथ्य र काल्पनिकी, सिर्जना सँगसँगै (साहित्य र साहित्यिक संस्था), विद्यालयमा सिकाइ र सिर्जना, नवयुगः नवआवाज, अनुवादका अड्चन, गीतका गुञ्जनः संगीतका सूर, बालकृष्णको विरासत (बालकृष्ण पोखरेलः भाषा र अनुसन्धान) गजल वाचनलगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।
प्रसिद्ध कवि जसराज किरातीको सम्भाषण














Discussion about this post