Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

महासङ्घ सुनसरीद्वारा अन्तरक्रिया : सञ्चारमाध्यमका साझा चुनौती र समाधानको खोजीसँगै आचारसंहिता प्रशिक्षण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १८, २०८२
in समाचार
0
महासङ्घ सुनसरीद्वारा अन्तरक्रिया : सञ्चारमाध्यमका साझा चुनौती र समाधानको खोजीसँगै आचारसंहिता प्रशिक्षण
68
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल पत्रकार महासङ्घ सुनसरीको आयोजनामा तथा कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा मङ्गलबार इटहरीमा सञ्चारमाध्यमका सम्पादक तथा प्रकाशकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

साथै, पत्रकारिता आचारसंहिता संवादसमेत गरिएको छ। संवाद कार्यक्रममा सञ्चार आचारसंहिता, साइबर अपराध र कानुनी दायित्वबारे पनि महत्वपूर्ण प्रशिक्षण प्रदान गरिएको छ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य विजयराज अधिकारी, काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय सदस्य अमर खड्का तथा पत्रकार भोजराज श्रेष्ठले सहजीकरणको भूमिका निर्वाह गर्दै सहभागी सञ्चारकर्मीहरूलाई प्रशिक्षण दिएका थिए।

उनीहरूले पत्रकारिता गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कानुनी, नैतिक र व्यावसायिक विषयहरूबारे प्रशिक्षण दिए। खासगरी असन्तुलित समाचार प्रकाशन र प्रशारण नगर्नुपर्नेमा जोड दिए।

पत्रकारले तथ्यहीन, एकपक्षीय वा नियोजित ढंगको सामग्री प्रकाशन गरेमा प्रेस काउन्सिलको आचारसंहिताअनुसार कारबाही हुन सक्ने, साथै साइबर अपराधसम्बन्धी कानुनी प्रावधानहरू अन्तर्गत पनि दण्डनीय हुन सक्ने विषयमा जानकारी गराए।

उनीहरूले सञ्चार माध्यमहरूलाई विश्वसनीयता कायम गर्न, स्रोतको स्पष्टता सुनिश्चित गर्न र सामाजिक सञ्जालजस्ता माध्यममा पनि संयमित र उत्तरदायी हुने सन्देश दिए। साथै, डिजिटल माध्यममा काम गर्दा हुने सामान्य कानुनी जोखिमहरूबारे पनि व्याख्या गरिएको थियो।

कार्यक्रम सहभागीहरूले यस्तो खालको व्यावहारिक र कानुनी पक्षको तालिम नियमित रूपमा गरिनुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा छापा माध्यम, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए। सञ्चार क्षेत्रले भोगिरहेको संरचनात्मक, आर्थिक र व्यावसायिक समस्याबारे छलफलसमेत गरियो।

कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बाले विज्ञापन वितरणमा गोरखापत्र केन्द्रित सिण्डिकेट अन्त्य गर्न र एकद्धार प्रणालीमार्फत सबै मिडियालाई समानुपातिक रूपमा वितरण गर्न सरकारलाई आग्रह गरे।

वरिष्ठ पत्रकार कृष्ण अधिकारीले एआईको बढ्दो प्रयोगले मानव सिर्जनशीलता घट्दै गएको बताउँदै भाषाको शुद्धता र मौलिकता जोगाउनुपर्ने आवश्यकता औंल्याए।

यसैगरी वरिष्ठ पत्रकार कृष्णविनोद लम्सालले इतिहास दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिँदै नयाँ पुस्तासँग ज्ञान साटासाट गर्नुपर्ने धारणा राखे।

पत्रकार सुविद गुरागाईंले छापा माध्यमको अस्तित्व संकटमा परेको बताए। विज्ञापन एजेन्सीको वर्चस्व, अस्वस्थ प्रतिस्पर्धा, दक्ष जनशक्तिको अभाव र आन्तरिक व्यवस्थापन समस्यालाई छापा माध्यमका प्रमुख चुनौतीको रूपमा उल्लेख गर्दै पत्रकार महासंघबाट नीतिगत पहल आवश्यक रहेको धारणा राखे।

पत्रकार बाबुराम सुवेदीले अनलाइन पत्रकारितामा लगानी बढेको भए पनि विश्वसनीयता गुम्दै गएकोमा चिन्ता व्यक्त गरे।

उनले अनलाइन मिडियाहरू मर्ज गरी सम्पादक, रिपोर्टर र व्यवस्थापकको संरचनासहित सञ्चालन गर्न सुझाव दिए। भाषा शुद्धता, कपी–पेस्ट प्रवृत्ति, र सामाजिक सञ्जालबाट उत्पन्न चुनौतीहरूबारे उनले ध्यानाकर्षण गराए।

अर्का पत्रकार विकल पौडेलले जनशक्ति अभाव, अस्वस्थ प्रतिस्पर्धा र बजेटको अभाव टेलिभिजन क्षेत्रका समस्या भएको उल्लेख गरे। उनले प्रदेश र स्थानीय तहबाट टेलिभिजनलाई उचित प्राथमिकता दिनुपर्ने बताए।

यसैगरी पत्रकार गंगा बरालले महिला पत्रकारको सहभागिता दिनप्रतिदिन घट्दै गएको जनाउँदै मिडिया संस्थान सस्टेनेबल नहुनु र निर्णय तहमा महिलाको पहुँच नहुनु प्रमुख कारण भएको बताइन्।

महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Tags: #पत्रकार#सुनसरीनेपाल पत्रकार महासंघपत्रकार महासंघ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.