इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सामाजिक सञ्जालमा पत्रकारिता र पत्रकारहरूप्रति दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ सुनसरीले आपत्ति जनाएको छ।
मेयर पौडेलले शुक्रबार (आज) सामाजिक सञ्जालमा लेखेका थिए, “भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन हामीलाई थाहा हुन्छ, पहिले हाम्रो सचिवालयमा पठाउँछन्, केही झर्दैन दानापानी अनि लाजले प्रकाशन, प्रसारण गर्छन्, विचित्रको पत्रकारिता छ इटहरीमा।”
उक्त अभिव्यक्तिले पत्रकारहरूको स्वतन्त्रता र मर्यादामाथि गम्भीर आघात पुर्याएको भन्दै महासंघले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।
महासंघ सुनसरीका सचिव विनय बाह्रकोटीले विज्ञप्ति जारी गर्दै मेयर पौडेलले पत्रकारहरूमाथि व्यक्तिगत आरोप र अनावश्यक टिप्पणीले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप हुने उदृत गरे।
महासंघले मेयरको टिप्पणीलाई प्रेस स्वतन्त्रतामाथि प्रहार र अभिव्यक्तिको गैरजिम्मेवार प्रयोगको रूपमा लिएको छ। पत्रकारलाई लगाएको अनाहक आरोप पुष्टि गर्नसमेत महासंघले चुनौती दिएको छ।














Discussion about this post