इटहरी : सामाजिक सञ्जाल टिकटिकमा धार्मिक विद्वेष फैलाउने उद्देश्यले अपमानजनक र अश्लील शब्द प्रयोग गरी भिडियो पोष्ट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३, नहरचौक निवासी २२ वर्षीय साहिल अन्सारी रहेका छन्।
उनले असार २४ गते धर्म विशेषप्रति अपमानजनक र उत्तेजक अभिव्यक्ति राखेर सामाजिक सद्भाव विथोल्ने आशयले भिडियो सम्प्रेषण गरेको आरोप लागेको छ।
घटनापछि अँसारीको खोजी सुरु गरिएको थियो। उनलाई सोही दिन बेलुका ६ः३० बजेतिर कोशी गाउँपालिका–३, जमुवा क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार अँसारीमाथि जिल्ला अदालत सुनसरीबाट विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत विद्युतीय अपराध शीर्षकमा म्याद थप गरिएपछि प्रहरीले सार्वजनिक गरेको हो ।
अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।













Discussion about this post