मोरङ : मोरङको धनपालथान गाउँपालिका १ स्थितबाट प्रहरीले आठ सय दुई किलो एक सय ग्राम गाँजा बरामद गरेको छ ।
लागूऔषध लुकाईछिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र प्रहरी चौकी अमाहिबरियातीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका १ स्थित गदिया खोला नजिकै रहेको उखुबारी भित्र २६ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको सो परिमाणको गाँजा बरामद गरेको हो ।
गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post