Monday, October 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

आन्तरिक विवादले कोशीका दुई उपमहानगर इटहरी–धरान बजेटविहीन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २, २०८२
in समाचार
0
आन्तरिक विवादले कोशीका दुई उपमहानगर इटहरी–धरान बजेटविहीन
100
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशका दुईमात्र उपमहानगरपालिका रहेको इटहरी र धरानमा आन्तरिक राजनीतिक असहमति र प्रशासनिक विवादका कारण आर्थिक वर्ष २०८२।०८३ का लागि बजेटविहीन बनेका छन्।

इटहरी उपमहानगरपालिकाले २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको अनुमानित बजेट ल्याए पनि बुधबार बसेको १६औँ नगरसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। नगरप्रमुख हेमकर्ण पौडेलले नेकपा एमाले इटहरीका जनप्रतिनिधिहरूले जानाजान अवरोध पुर्‍याएको आरोप लगाए।

उपप्रमुख संगीता कुमारी चौधरीले असार १० गते प्रस्तुत गरेको बजेटमा १ अर्ब ४ करोड ११ लाख १० हजार चालु खर्च, ९० लाख वित्तीय व्यवस्थापन र १ अर्ब ३० करोड १९ लाख ९० हजार पुँजीगत खर्च विनियोजन गरेकी थिइन् ।

तर, अनुसूचीविनाको विनियोजन विधेयक पेश गरिएको भन्दै एमाले पक्षले आपत्ति जनाउँदै नगर प्रमुखमाथि मनपरी खर्च र महालेखा बेरुजुको दोष लगाएको छ।

यसैबीच बिहीबार एमाले निकट जनप्रतिनिधिहरूले पत्रकार सम्मेलन गर्दै नगर प्रमुख पौडेलले बजेट निर्माणमा मनोमानी गरेको प्रत्यारोप लगाएको छ ।

एमालेबाट उपप्रमुख रहेकी चौधरीसहित एमाले जनप्रतिनिधिहरूले अनुसूची बिनाको विनियोजन विधेयक पेश गरी बजेटलाई नगर प्रमुख पौडेलले मनोमानी शीर्षकहरूमा खर्च गरी दुरुपयोग गर्ने गरेको उल्लेख गरे ।

सोहीकारण महालेखा परीक्षकको प्रतिवेदनमासमेत बेरुजु हुने गरेको देखिएकोले र विनियोजन विधेयक (अनुसूचीसहितको) ल्याउन पटकपटक प्रयत्न र अनुरोध गर्दा पनि शाखा, महाशाखा, वडा शिक्षा लगायतको अनुसूची असार मसान्तसम्म उपलब्ध नगराएकोले अनुसूचीसहितको विनियोजन विधेयक तयार गर्न नसकिएकोले सभामा पेश गर्न असमर्थ रहेको चौधरीले बताइन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार, असार १० गतेभित्र नीति तथा कार्यक्रम नगरसभामा पेश भइसक्नुपर्ने कानुनी व्यवस्था छ।

एमालेका अनुसार, बजेट निर्माणका चरणहरू समयमा नै सम्पन्न हुनुपर्नेमा प्रमुख प्रशासकीय अधिकारीको संयोजन र नगर प्रमुखको समन्वयमा त्यसो हुन नसक्दा बजेट नआएको हो ।

उपप्रमुखको संयोजकत्वमा रहेको राजस्व परामर्श समितिले आम्दानी, खर्चसहितको श्रोत प्रक्षेपण तयार पारेर सम्बन्धित समितिमा पठाए पनि नगर प्रमुख पौडेलले समयमै कार्यपालिकाको बैठक आह्वान नगरेका कारण नीति तथा कार्यक्रम हतारमा असार १० गते मात्रै नगरसभामा प्रस्तुत गरिएको थियो ।

त्यसपछि पटक–पटक नगरसभा स्थगित गरिएको र अन्ततः असार ३० गते सभा बोलाइए पनि नगर प्रमुख र सभाध्यक्ष अनुपस्थित भएपछि सभा सञ्चालन हुन नसकेको एमालेको दाबी छ ।

उपप्रमुख चौधरीले विगतमा अनुसूचीबिनै विनियोजन विधेयक पारित गरी नगर प्रमुखले मनोमानी ढंगले खर्च गरेको र त्यसकै कारण महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु समेत देखिएको उदाहरण प्रस्तुत गरेकी छन् । यसपटक पनि अनुसूची नआएकाले बजेट सभा समक्ष प्रस्तुत गर्न नसकिएको चौधरी बताउँछिन् ।

उपप्रमुखसहित एमाले पक्षका नगरसभा सदस्यहरू बजेट पास गर्न जिम्मेवार र संवेदनशील रहेको जनाउँदै नगर प्रमुखको तत्परतामा मात्रै बजेट निर्माण सम्भव हुने उल्लेख गरिएको छ । ‘अझै पनि बजेट निर्माण गर्ने कार्यमा हामी जिम्मेवार र संवेदनशिल छौँ । तसर्थ अनुसूचीसहितको बजेट निर्माण गर्ने कार्यमा नगर प्रमुखको तदारुक्ता भए बजेट निर्माण गर्ने कार्यमा हामी प्रतिवद्ध छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः समयमा नै बजेट पास हुन नसकेको प्रति दुःख व्यक्त गर्दै यसको सम्पूर्ण जिम्मेवार नगर प्रमुख नै रहेको व्यहोरा नगरबासीहरूमा जानकारी लागि अनुरोध गर्न चाहन्छौँ ।’

इटहरी उपमहानगरपालिकामा पछिल्ला वर्षहरूमा बजेट निर्माण र पारित प्रक्रियामा लगातार विवाद हुँदै आएको छ। यसपटक पनि बजेट असहमतिका कारण नगरसभा नै अन्योलमा परेसँगै बिहीबारदेखि बजेटविहीन बनेको छ ।

धरानमा बजेट नै आएन

स्वतन्त्रबाट धरान उपमहानगरपालिकाको मेयर बनेका हर्कराज राई (हर्क साम्पाङ)को नगरमा बजेट नै आएन । सुरुमा धरान उपमहानगरपालिकाको कार्यपालिकाको असार ८ गते दिउँसो २ बजे बोलाइएको थियो ।

तर, बैठक सुरु हुन नपाउँदै उपप्रमुख आइन्द्रविक्रम बेघासहित २८ जना कार्यपालिकाका सदस्यहरूले बजेट निर्माण सम्बन्धी गर्नुपर्ने पूर्व तयारी लगायतको कारण देखाउँदै बैठक बस्नुको औचित्य नभएको भन्दै प्रश्न उठाएपछि विवादले उग्ररुप लियो ।

असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने भएपनि आर्थिक वर्ष सकिदाँसमेत धरानले बजेट नल्याएपछि बजेटविहीन बनेको छ ।

धरान उपमहानगरपालिकामा बजेट आउन नसक्नुको मुख्य कारण भनेको मेयर र उपमेयरबीचको टसल हो । असार २ र ३ गते श्रमदानको विषयलाई लिएर नगर प्रमुख साम्पाङ र उपप्रमुख बेघाबीच विवाद भएको थियो ।

बजेट बनाउने अन्तिम समयसम्म उक्त विवाद नसुल्झिदा यसको प्रभाव बजेट निर्माण प्रक्रियामा परेकाले धरानमा कहिले बजेट आउँछ भन्ने अन्योल भएको छ ।

खासगरी श्रमदानमा डोर हाजिरीबाट रकम माग गरिएपछि उपप्रमुखसहित अन्य जनप्रतिनिधिहरू प्रमुख साम्पाङको कार्यशैलीप्रति विरोधमा उत्रिए । बुधबार पनि धरानमा कार्यपालिका बैठक भएपनि ठोस निर्णय हुन नसक्दा धरानमा बजेट ‘होलिडे’ भएको छ ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका#धरान#धरान उपमहानगरपालिकाबजेट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते
समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिक सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। सोमबार...

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे
समाचार

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था...

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कार्तिक ९, २०८३
धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

कार्तिक ९, २०८३
इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.