Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘इटहरी उपमहानगरमा चरम आर्थिक अनियमितता र चुहावटको गन्ध प्रष्ट’ : पूर्व नगर प्रमुख चौधरी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८२
in समाचार
0
‘इटहरी उपमहानगरमा चरम आर्थिक अनियमितता र चुहावटको गन्ध प्रष्ट’ : पूर्व नगर प्रमुख चौधरी
88
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाका पूर्व नगर प्रमुख द्वारिकलाल चौधरीले पालिकामा चरम आर्थिक अनियमितता र चुहावटको गन्ध प्रष्ट रहेको आरोप लगाएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै मेयर चौधरीले वर्तमान नगर नेतृत्व हेमकर्ण पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उक्त आरोप लगाएका हुन् ।

‘उपमहानगरपालिकामा चरम आर्थिक अनियमितता र चुहावटको प्रष्ट गन्ध भेटिन्छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘स्थानीय सरकारले उपमहानगरपालिकालाई आ–आफ्ना पार्टी कार्यकर्ता भर्ती केन्द्रको रूपमा परिणत गरेका छन् ।’

उनले जनसरोकारका प्रमुख योजनामा प्रगति नदेखिएको र स्थानीय सरकार विकासका एजेन्डामा सुस्त भएकोसमेत आरोप लगाए ।

नगरबासीको भविष्यमाथि खेलवाड गर्दै उपमहानगरले समयमै बजेट नल्याएर ‘बजेट होलिडे’मा रमाइरहेकोमा उनले आपत्ति जनाए ।

खासगरी आफ्नो कार्यकालमा अगाडि बढाएका गौरवका आयोजनालाई निरन्तरता नदिएकोमा असन्तुष्टि जनाएका उनले भने, ‘इटहरी गौरवका आयोजनाहरू अलपत्र छन् । उदाहरणका लागि जनता पार्क, बहुजातीय संग्रालय, वडा नं. १५ को मोटरएबल पुललगायत दर्जनौँ कालोपत्रे सडकहरू अलपत्र छन् ।’

समुदायका गरिब, विपन्नको शिक्षामा पँहुच बढाउन इञ्जिनियरिङ तथा मेडिकलतर्फको पढाइका लागि सरकारी कलेजको स्थापनातर्फ चासो नदेखाएकोमा पनि चौधरीले प्रश्न गरे ।

‘हालसम्म टेङ्ग्रा डाइभर्सनको काम अगाडि बढ्न सकेको छैन,’ चौधरीले भने, ‘इटहरी उपमहानगरपालिकाले हालसम्म सार्वजानिक सुनुवाई किन गर्न सकेन ? यो पनि एउटा प्रश्न छदैँछ ।’

उनका अनुसार इटहरीको बृहत्तर विकास र दीर्घकालीन बाढी नियन्त्रणका लागि बाहिरी चक्रपथ ४२ किलोमिटर रेखाङ्कन भएको थियो ।

तत्कालीन प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरे पनि कार्यान्वयनमा नआएको र हाल तीनै तहको सरकार यो परियोजनाको सन्दर्भमा उदासीन रहेको उनको भनाइ छ ।

‘सार्वजानिक सम्पत्तिको संरक्षण र जनहीतमा उपयोग गर्नका लागि वर्षौँदेखि अनाधिकृत ढंगले व्यक्ति तथा संघसंस्थाले हडपेको जग्गा स्थानीय सरकारले संरक्षण तथा उपयोग गर्न सकेन,’ उनले भने, ‘जिल्ला अदालत र उच्च अदालतको फैसलाले समेत डिभिएम स्कुलले चर्चेको दुई बिघा जग्गा विद्यालयको नाममा दर्ता अथवा भोगचलन गर्न नपाउने निर्णय भइसक्दा पनि सोही जग्गामा विद्यालय सञ्चालन छ । सरकार किन मौन छ ?’

त्यसैगरी उनले २५ शय्याको इटहरी अस्पताल र एक सय शय्याको सरकारी अस्पतालको अवस्थाबारे स्पष्ट योजना ल्याउन, सार्वजनिक संरचना र जमिनको अनधिकृत प्रयोग माग गरेका छन् ।

पूर्व नगर प्रमुख चौधरीले अधुरा र बजेट तोकिएका परियोजनाहरूलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिंदै, राजनीतिक आस्थाभन्दा माथि उठेर पारदर्शी र परिणाममुखी काम गर्न वर्तमान नेतृत्वलाई आग्रह गरे ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाद्धारिकलाल चौधरीद्वारिकलाल चौधरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
FEATURE BREAKING

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
समाचार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    456 shares
    Share 182 Tweet 114
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.