इटहरी : २५ हजार धरौटी तिर्न नसकेका कारण कारागारमा रहेका युवकको मृत्यु भएको छ।
सुनसरीको झुम्का कारागारमा लागूऔषध मुद्दामा थुनुवा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको हो।
भोजपुर हतुवागडी गाउँपालिका–८ घर भई हाल धरान उपमहानगरपालिका–१२ बस्ने २८ वर्षीय विकास राईको आज (बुधबार) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी आज बिहान करिब ५ः१५ बजे अचानक बेहोस भएर ढलेका थिए।
उनलाई तत्काल उपचारका लागि इनरुवा अस्पताल पुर्याइएको भए पनि बिहान करिब ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।
राई २५ हजार धरौटी तिर्न नसकेका कारण २६ चैत २०८१ देखि कारागारमा थिए ।














Discussion about this post