Friday, June 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोशी प्रदेशमा ‘पिचफेस्ट’ हुँदै, स्टार्टअपमा लागेका व्यक्तिहरूका लागि महत्त्वपूर्ण अवसर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ४, २०८२
in विविध, समाचार
0
कोशी प्रदेशमा ‘पिचफेस्ट’ हुँदै, स्टार्टअपमा लागेका व्यक्तिहरूका लागि महत्त्वपूर्ण अवसर
62
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशमा रहेका नव–उद्यमी र व्यावसायिक सोच बोकेका युवाका लागि ‘पिचफेस्ट १.०’ नामक स्टार्टअप तथा प्रोटोटाइप पिचिङ प्रतियोगिता हुने भएको छ ।

नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशले आयोजना गर्न लागेको यो प्रतियोगिताले प्रदेशभित्र उद्यमशीलतालाई थप सहज र प्रेरणादायी बनाउने उद्देश्य लिएको जनाइएको छ ।

मञ्चका प्रदेश अध्यक्ष सुशान प्रधानका अनुसार पिचफेस्ट विशेषगरी आफ्नै व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन चाहने तथा व्यावहारिक प्रोटोटाइपसहितको स्टार्टअपमा लागेका व्यक्तिहरूका लागि महत्त्वपूर्ण अवसर हुनेछ ।

उनले भने, ‘यो कार्यक्रम केवल प्रतिस्पर्धा मात्र होइन, उद्यमशीलतालाई बलियो बनाउन सक्ने साझा मञ्च पनि हो ।’

पिचफेस्टमा कोशी प्रदेशमै व्यवसाय गरिरहेका जो कोही पनि सहभागी हुन सक्ने उनले उदृत गरे ।

कृषि क्षेत्रमा काम गर्ने, घरमै अचार, पोते बनाउने, केक वा चकलेट उत्पादन गर्ने वा प्रविधि प्रयोग गरेर स्मार्ट समाधान बनाउने उद्यमीलाई खुला अवसर दिइएको उनको भनाइ छ । तर, सहभागी हुनका लागि कामको ‘वर्किङ प्रोटोटाइप’ हुनु आवश्यक छ । आइडिया मात्र प्रस्तुत गरेर दर्ता गर्न नपाइने जनाइएको छ ।

खासगरी सहभागी उद्यमीहरूले २ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने अवसर पाउनेछन् । साथै हजारौँ मानिसमाझ आफ्नो व्यवसायलाई चिनाउने अवसर पनि पाउनेछन् ।

छानिएका उद्यमीहरूलाई मञ्चले स्थापना गर्न लागेको इन्क्युबेशन सेन्टरमा विशेष मार्गदर्शन, कानुनी तथा वित्तीय परामर्श, तालिम र उद्योगपतिहरूसँग प्रत्यक्ष नेटवर्किङ गर्ने सुविधा उपलब्ध हुनेछ । पिचफेस्टमा भाग लिन कुनै शुल्क नलाग्ने जनाइइएको छ ।

इच्छुकले वेबसाइटमार्फत आफ्नो तथा व्यवसायसम्बन्धी आधारभूत विवरण भरी सजिलै दर्ता गर्न सक्नेछन् । दर्ता भाद्र १० गतेसम्म खुला रहने प्रधानले बताए ।

फाइनलमा पुग्ने उत्कृष्ट तीन व्यवसायलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानका लागि नगद पुरस्कार प्रदान गरिनेछ । जसका लागि पहिलो हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले ३० हजार रुपैयाँ पाउने छन् ।

प्रधानका अनुसार पिचफेस्टलाई अडिसन र फाइनल गरी दुई चरणमा सञ्चालन गरिनेछ । अडिसन राउन्ड (भाद्र १४) दर्ता भएका २० व्यवसायमध्ये छनोट गरिएका उद्यमीहरूले आफ्नो व्यवसायको प्रस्तुति दिनेछन् । अङ्कका आधारमा उत्कृष्ट ८ व्यवसायलाई फाइनलका लागि छनोट गरिनेछ ।

फाइनल राउन्डः फाइनलमा पुगेकाहरूलाई एक दिने विशेष तालिम प्रदान गरिनेछ, जसमा स्टेज प्रस्तुति कौशलदेखि पिच डेक तयार गर्नेसम्मका विषय समावेश हुनेछन् ।

फाइनलमा उद्यमीहरूले विज्ञ निर्णायकहरू सामु आफ्नो व्यवसायको कथा र सम्भावना प्रस्तुत गर्नेछन् । प्रस्तुति भिडियोमार्फत डिजिटल प्लेटफर्ममा समेत प्रसारण हुनेछ ।

Tags: उद्यमकोसी प्रदेशयुवा उद्यमी मञ्च
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग
FEATURE BREAKING

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

by रासस
जेष्ठ २१, २०८३
0

झापा : प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको...

विविध

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

by रासस
जेष्ठ २१, २०८३
0

झापा : विश्व बैंकको अनुदानमा मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसाबाट प्रभावित हुनेलाई सेवा प्रदान गर्नका लागि दुई वटा वडामा ‘सुरक्षित कक्ष...

कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३
एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापामा हावाहुरीले केराखेतीमा क्षति

जेष्ठ २१, २०८३
मोरङको बेतना सिमसारमा अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा फेला

प्लास्टिक फोहर र मानवीय गतिविधिले संकटमा ‘ब्लाक सफ्टसेल’ कछुवा

जेष्ठ २१, २०८३
जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३
एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापामा हावाहुरीले केराखेतीमा क्षति

जेष्ठ २१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1501 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.