ताप्लेजुङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा टिपरसहित तमोर नदीमा खस्दा एक जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ निवासी २४ वर्षीय सुदीप सुवेदी रहेका छन्। उनी तमोर–५ जलविद्युत आयोजनामा मेकानिकल क्षेत्रमा कार्यरत थिए।
सोमबार दिउँसो फक्ताङलुङ–६ लेलेस्थित तमोर कोरिडोर सडक खण्डमा ग १ क ६३१८ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा सडकबाट करिब २५ मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ।
उक्त टिपरसँगै सुवेदी पनि नदीमा खसेर बेपत्ता भएका हुन्। प्रहरीका अनुसार उनको खोजी कार्य भइरहेको छ।














Discussion about this post