Thursday, January 22, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

डा. बालकृष्ण साहद्वारा लिखित ‘गर्भको गर्व’ पुस्तकमाथि संवाद

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८२
in कला साहित्य, समाचार
0
डा. बालकृष्ण साहद्वारा लिखित ‘गर्भको गर्व’ पुस्तकमाथि संवाद
60
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहद्वारा लिखित गैरआख्यान ‘गर्भको गर्व’ माथि विराटनगरमा संवाद कार्यक्रम सम्पन्न भएको छ ।

हाम्रोमत दैनिकको आयोजनामा भएको कार्यक्रममा डा. साहको कृतिमाथि शनिबार विस्तृत छलफल गरिएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाले ‘गर्भको गर्व’ लाई एक अत्यन्तै पठनीय र महत्वपूर्ण कृति भएको बताए ।

उनले डा.साहले आफ्नो लामो पेसागत अनुभवका क्रममा देखेका र भोगेका यथार्थपरक घटनाहरूलाई पुस्तकमा जीवन्त रूपमा प्रस्तुत गरेकोमा प्रशंसा गरे । थपलियाले आफ्नी आमाले पनि उक्त पुस्तक अध्ययन गरिरहेको जानकारी गराउँदै यसको महत्वमाथि प्रकाश पारे ।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकारहरू हरि बराल, हरि कट्टेल र दिनेश श्रेष्ठले ‘गर्भको गर्व’ मा उल्लेखित कतिपय पात्र र प्रसंगहरू वास्तविक घटनामा आधारित रहेको बताए ।

उनीहरूले पुस्तकले महिलाले गर्भावस्थामा भोग्नुपर्ने अनेकन जटिलता, उमेरको अपरिपक्वतामा गरिने विवाह, जन्मान्तर कम हुँदाको समस्या, र छोराको चाहनामा एक नारीले ज्यानको बाजी लगाउनुपर्ने जस्ता संवेदनशील विषयहरूलाई सशक्त रूपमा उजागर गरेको उल्लेख गरे ।

पुस्तकमा प्रस्तुत प्रत्येक कथाको अन्त्यमा त्यससँग सम्बन्धित रोग एवं समस्याबारे विस्तृत जानकारी दिइएको पक्षलाई टिप्पणीकारहरूले विशेष रूपमा प्रशंसा गरे ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार मीनकुमार नवोदित, साहित्यकार दिनेश सुवेदी, र प्रतीमा निरौलाले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले डा. साहको यस कार्यको सराहना गर्दै यस्ता कृतिहरूले समाजमा चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा बोल्दै लेखक डा. साहले आफूले आफ्नो पेसाका क्रममा देखेका वास्तविक घटनाहरूलाई नै पुस्तकमा उतारेको बताए ।

उनले आगामी दिनमा पनि यसरी नै साथ र सहयोग पाएमा थप कृतिहरू बजारमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

पत्रकार अनिल श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता हाम्रोमत दैनिकका सम्पादक अर्जुन आचार्यले गरेका थिए । समापन मन्तव्य राख्दै आचार्यले सधैँ साहित्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।

‘गर्भको गर्व’ ले नेपाली समाजमा गर्भावस्था र महिला स्वास्थ्यसम्बन्धी महत्वपूर्ण बहस सिर्जना गर्ने उनले बताए ।

साहित्यपोस्टले प्रकाशन गरेको ‘गर्भको गर्व’ गैरआख्यान विधाको पुस्तक हो, जसमा ९ वटा कथाहरू समेटिएका छन् ।

यी कथाहरू विशेषगरी महिलाले गर्भावस्थामा भोग्नुपर्ने विभिन्न जटिलताहरूमा केन्द्रित छन् ।

‘छोरी किन भएछु’, ‘चेलीका पीडा’, ‘प्रीतिको जित’, ‘रगतको जात’, ‘छोरीको माइती’, ‘त्यो लडाइँ’ जस्ता मार्मिक शीर्षकका कथाहरू पुस्तकमा पढ्न पाइन्छ ।

हरेक नारीको गर्भावस्थाको अनुभव फरक हुने र त्यसले ल्याउने जटिलता पनि उस्तै नहुने यथार्थलाई पुस्तकले गहन रूपमा प्रस्तुत गरेको छ ।

Tags: #विराटनगर#साहित्यअर्जुन आचार्यबालकृष्ण साहसंवाद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने
समाचार

झापामा मतदानस्थलको तीन तहमा वर्गीकरण, ९५ वटा मतदानस्थल अति संवेदनशील

by रासस
माघ ८, २०८२
0

झापा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन...

२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख
FEATURE BREAKING

२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

by टाकुरा न्यूज । इटहरी
माघ ८, २०८२
0

इटहरी : कोशीटप्पु वन्यजन्तु आरक्षमा दुर्लभ प्रजातिको चरामध्ये एक मानिने रातोटाउके बगेडी पुनः देखिएको छ। २४ वर्षपछि उक्त प्रजातिको चरा...

विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

माघ ७, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये कुन जिल्लामा कति उम्मेदवार ?

माघ ७, २०८२
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता

देशभर पाँच जना उम्मेदवारविरुद्ध उजुरी

माघ ७, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध : इटहरीका कार्कीसहित दुई जना पक्राउ

माघ ७, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

झापामा मतदानस्थलको तीन तहमा वर्गीकरण, ९५ वटा मतदानस्थल अति संवेदनशील

माघ ८, २०८२
२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

माघ ८, २०८२
विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

माघ ७, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये कुन जिल्लामा कति उम्मेदवार ?

माघ ७, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    686 shares
    Share 274 Tweet 172
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    458 shares
    Share 183 Tweet 115
  • साँझको भीडभाडमा ब्राउनसुगर कारोबारको प्रयास, इटहरीबाट एक युवक पक्राउ

    267 shares
    Share 107 Tweet 67
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    240 shares
    Share 96 Tweet 60
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    184 shares
    Share 74 Tweet 46

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.