इटहरी : कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले आफ्नै मन्त्रालयका सचिव शरणकुमार पाण्डे चढ्ने गाडीको चाबी खोसेका छन्।
हाङ्गामले सोमबार कार्यालय पुग्ने बित्तिकै सचिव पाण्डे चढ्ने गाडीको चाबी चालकलाई बोलाएर खोसेको स्रोतले जनाएको छ। मन्त्री हाङ्गामले आफूलाई असहयोग गरेको आरोपसहित सचिवलाई हप्कीदप्की गरेको पनि बताइएको छ।
सचिव पाण्डे दुई साता अघि सरुवा भएका थिए। तर रमाना नलिएर मन्त्रालयमै कार्यरत रहेका बेला भदौ १३ गते बसेको मन्त्री परिषद्को बैठकले उनलाई पुनः उद्योग, कृषि तथा सहकारी मन्त्रालयमै कायम गर्ने निर्णय गरेको थियो।
यसैबीच मन्त्री हाङ्गामले सचिवलाई हटाउने प्रयास असफल भएपछि असन्तुष्टि पोख्दै गाडीको चाबी खोसेको जनाइएको छ।
यसअघि बजेट निर्माणको क्रममा मन्त्रीलाई नसोधी प्रमुख सचिवसँग छलफलमा सहभागीसमेत भएको भन्दै मन्त्री हाङ्गामले असन्तुष्टि जनाएका थिए।














Discussion about this post