इटहरी : प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चलिरहेको सरकारविरुद्ध युवा पुस्ताको आक्रोश अब प्रत्यक्ष रूपमा राजनीतिक संस्थासम्म पुगेको छ ।
विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय सोमबार जेन–जी पुस्ताको घेराउमा परेको छ ।
निषेधित क्षेत्र तोड्दै प्रदर्शनकारीहरू प्रदेशसभा गेटमै पुगेर नाराबाजी गरेपछि सचिवालय परिसर असामान्य बनेको थियो ।
प्रहरीको ब्यारिगेट पार गर्दै युवाहरूले “भ्रष्टाचार बन्द गर, सामाजिक सञ्जाल खोल” भन्ने सन्देशसहित प्रत्यक्ष रूपमा प्रदेशसभामाथि दबाब सिर्जना गरेका हुन् ।
भ्रष्टाचार, बेरोजगारी र सामाजिक सञ्जाल बन्दजस्ता तत्कालीन मुद्दामध्ये युवाहरूको असन्तुष्टि बढेको छ ।














Discussion about this post