इटहरी : सुनसरीको झुम्का कारागारबाट कैदीबन्दी फरार भएका छन्। जेन–जी प्रदर्शनकारीका नाममा पुगेको समूहले मंगलबार राति कारागारमा आक्रमण गरी कैदीबन्दी भगाएको हो।
झुम्का कारागारमा ‘ए’ र ‘बी’ का कैदी फरार भएको जेलर सुवास लामिछानेले बताए । उनका अनुसार समूहले बल प्रयोग गरेर कैदीलाई भगाएको हो।
उनका अनुसार अधिकांश कैदीबन्दी फरार भए पनि भाग्दै गर्दा नेपाली सेनाको टोली पुगेपछि केहीलाई नियन्त्रणमा लिएर पुनः भित्रै राखिएको छ।
उनले भने, “सेना आइपुगेपछि भाग्दै गरेका केही कैदीलाई कारागारमा फिर्ता ल्याइएको छ। कति जना फरार भए भन्ने संख्या भने अझै यकिन भएको छैन।”















Discussion about this post