इटहरी : जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी कार्यालयमा प्रहरीले मुचुल्का तयार नगरी सरसफाइ गरिएको भन्दै इटहरीमा विवाद उत्पन्न भएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा आज (शनिबार) बिहान ११ बजेदेखि स्थानीयहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सरसफाइ तथा रंगरोगन कार्य सुरु गरेका थिए।
तर प्रहरीले कार्यालयमा भएको क्षतिको विवरण (मुचुल्का) तयार नगरी घटनास्थलमा प्रवेश गर्नु नहुने बताउँदै आपत्ति जनाएको थियो। प्रहरीका अनुसार क्षतिग्रस्त संरचनाको मुचुल्का नमिल्दा प्रमाण नष्ट हुने र अनुसन्धान प्रक्रियामा असर पर्न सक्ने सम्भावना छ।
यसैकारण प्रहरीको चेतावनीपछि अधिकांश सहभागीहरूले सरसफाइ अभियानबाट पछि हटेका छन्। प्रारम्भमा सुरु भएको सरसफाइ काम आधा मै रोकिएको छ।
सो सरसफाइ अभियानको नेतृत्व स्थानीय समीर कार्कीले गरेका थिए। तर प्रहरीले आफ्नो तर्क कायम राखेपछि सरसफाइलाई लिएर स्थानीय समुदाय र प्रहरीबीच असमझदारी सिर्जना भएको हो।














Discussion about this post