मोरङ : जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै मोरङमा लगाइएको कर्फ्यु शनिबारदेखि हटाइएको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको छ।
“अवस्था सामान्य बन्दै गएकाले अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा र कर्फ्यु तत्काललाई हटाइएको छ,” उनले भने।
कर्फ्यु हटेसँगै मोरङ जिल्लामा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।















Discussion about this post