धरान : धरानको सर्दु खोलामा एक युवकको शव फेला परेको छ ।
शनिबार धरान उपमहानगरपालिका २० र ११ को सिमानामा पर्ने सर्दु खोलामा शव फेला परेको हो । धरान–१७ का २७ वर्षीय तुफान सुनुवारको शव फेला परेको पुष्टि भएको छ।
मृतक सुनुवार झुम्का कारागारबाट भागेका कैदीलाई चिण्डे डाँडा पुर्याउन घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्थानीय पर्वत सञ्जेलका अनुसार सुनुवार कुलतमा नफसेका, सोझा स्वभावका युवा थिए ।
‘कारागारबाट भागेका साथी पुर्याउन चिण्डे डाँडा गएको भन्ने परिवारबाट खुलेको छ, त्यसपछि उनी फर्केनन्,’ उनले भने।
घटना शंकास्पद रहेको भन्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। प्रहरीले अनुसन्धानपछि मात्रै सुनुवारको मृत्युबारे यथार्थ खुल्ने जनाएको छ ।














Discussion about this post