इटहरी : आगजनी र तोडफोडले भवन ध्वस्त भएपछि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अस्थायी रूपमा एउटा ल्यापटप र प्रिन्टरको भरमा काम सुरु गरेको छ।
विराटनगरको रोडशेष दक्षिणस्थित भवनमा सुरु गरिएको अस्थायी कार्यालयबाट अहिले अत्यावश्यक पत्राचार र प्रशासनिक प्रक्रिया सोमवारदेखि अघि बढाइएको छ। मुख्य भवन ध्वस्त भएपछि पछाडिपट्टि चालकहरू बस्ने सानो भवनलाई वैकल्पिक कार्यकक्षका रूपमा प्रयोग गरिएको हो।
प्रदेश सरकारकी प्रमुख सचिव चन्द्रकला पौडेलले सोमबारदेखि नै आवश्यक फाइल र कागजात संकलन गरेर अस्थायी कार्यसञ्चालन सुरु गरिएको बताइन्।
उनले भनिन्, “मुख्यमन्त्री कार्यालय पूर्ण रूपमा ध्वस्त भएकाले तत्काल त्यहाँबाट सेवा प्रवाह गर्न असम्भव छ। अहिले हामी क्षतिको विवरण संकलन र मुचुल्का उठाउने प्रक्रियामा छौं।”
उनका अनुसार हालै निर्माण सम्पन्न भएको दुईतले सभाहलमा पनि तोडफोड भएको छ। तर त्यही भवनलाई सरसफाइ गरेर मन्त्रिपरिषद् बैठक र न्यूनतम सेवा प्रवाहका लागि प्रयोग गर्ने तयारी भइरहेको छ।
जेन–जी आन्दोलनका क्रममा विराटनगरस्थित कोशी प्रदेशका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको थियो।



















Discussion about this post