Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जेन-जी आन्दोलनमा आगजनीबाट यसरी जोगियो इटहरीको नगर बस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८२
in समाचार
0
इटहरी उपमहानगरले ६ करोड ३६ लाख खर्चेर ल्यायो विद्युतीय नगर बस
453
SHARES
Share on FacebookShare on Twitter

इटहरी : जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट इटहरी उपमहानगरपालिकाका नगर बस जोगिएका छन् ।

उपमहानगरपालिकाका मेसिनरी औजार व्यवस्थापन शाखा प्रमुख गणेश भट्टराईका अनुसार इटहरीमा रहेका चारवटै नगर बसहरू सुरक्षित छन् ।

उनका अनुसार भदौ २३ गते आन्दोलन चर्किँदा ती बस तालतलैया रोडस्थित ग्यारेजभित्रै रहेका थिए ।

‘सो दिन बिहान केही घण्टा सडकमा बस सञ्चालन भएपनि दिउँसो ११ बजेदेखि २ बजेसम्म चार्जका लागि रेस्टमा राखिएका थिए,’ भट्टराईले भने, ‘त्यही बेला प्रदर्शन भएपछि बस फेरि सडकमा सञ्चालन हुन सकेन ।’

खासगरी भदौ २३ गते प्रदर्शनकारीले उपमहानगरको पुरानो भवनभित्रका जिन्सी तथा राजस्व शाखामा तोडफोड गरेका थिए ।

साथै, मेयर हेमकर्ण पौडेलको कार्यकक्ष पनि आगजनी गरिएको थियो । मेयर पौडेलको कार्यकक्षसँगै जिन्सी र राजस्व शाखामा आगजनी गर्दा ठूलो क्षति भएको थियो ।

भोलिपल्ट २४ गते भने आन्दोलन दोहोरिन सक्ने अनुमान गरिएको थिएन । तर, बस भने सञ्चालन भएन ।

‘ग्यारेजभित्र रहेका नगर बसलाई भने कुनै क्षति पुगेन,’ भट्टराईले थपे, ‘भोलिपल्ट आन्दोलन हुने अनुमान नगरिएपनि बिहानै नगर बसलाई सशस्त्रको सुरक्षामा राखियो, जसले गर्दा क्षति हुन पाएन ।’ २४ गते बिहान भने सावधानी अपनाउँदै सशस्त्र प्रहरी बल १ नं. बाहिनी पकलीमा राखिएको थियो ।

सो दिन आगजनीका कारण इटहरी उपमहानगरको बारुण यन्त्र (दमकल)सहित थुप्रै सवारी साधनमा आगजनी गरियो । जसले उपमहानगरमा हाल कति क्षति भयो भन्नेबारे यकिन तथ्यांक संकलन गर्न कठिन भएको छ । यद्यपि, क्षतिको मूल्यांकन भने सुरु गरिएको छ ।

हाल नगर बस सञ्चालनबारे कुनै निर्णय नभएकाले गाडी सञ्चालनमा ल्याइएको छैन । ‘पालिकाले सरोकारवालासँग बसेर निर्णय गरेपछि मात्र फेरि सञ्चालनमा आउनेछ,’ उनले भने ।

उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज, सुरक्षित, र सुलभ सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्यले अघिल्लो असोज २ गतेदेखि विद्युतीय नगर बस सेवा सुरु गरेको थियो ।

सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएको अवस्थामा, नगरपालिकाले यस कदमलाई नागरिकहरूको यात्रालाई सुविधाजनक बनाउने प्रयासको रूपमा लिएको जनाएको थियो ।

नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क २० रुपैयाँ तोकिएको थियो ।

गत असोज १ गते विश्वकर्मा पूजा गरेर २ गतेदेखि बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित रूपमा बस सञ्चालन गरिदैँ आएको थियो ।

धरान–विराटनगर सडकमा तरहरादेखि वडा नं. १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बूढी खोला (मिलन चोक) देखि लगुना चोक बिजुली अफिससम्म बस सञ्चालन हुँदै आएको छ ।

यसैगरी इटहरीबाट साथी पेट्रोल पम्पदेखि, वडा नं. १० टावर हुँदै वडा नं. ११ खेतीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देवीस्थान हुँदै पुनः त्रिभुवन चोकसम्म बस सञ्चालन हुँदै आएको छ ।

यसैगरी हवाई चोक, आँपगाछी हुँदै इटहरी, इटहरीबाट लविपुर, वडा नं. १६, वडा नं. १५ को चाँदवेला सीमाना हुँदै वडा नं. १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सेवा सञ्चालन हुँदै आएको थियो ।

उपमहानगरपालिकाले नगर बस सञ्चालन गरेसँगै नागरिकहरूको दैनिक यात्रा थप सहज र सुविधाजनक बनाउने विश्वास गरिएपनि नगर बस खरिद प्रकरणलाई लिएर आर्थिक अनियमितता भएको आरोपसमेत लागेको थियो । चार वटा नगर बसलाई ६ करोड भन्दा बढी रकम खर्च गरिएको भन्दै उक्त विषय विवादरहित बन्न सकेको थिएन ।

यद्यपि, जेन–जी आन्दोलनका क्रममा नगरका भौतिक संरचना र सरकारी सवारी साधनमा व्यापक क्षति पुगे पनि नगर बस जोगिनु इटहरीकावासीका लागि राहतको समाचार बनेको छ ।

इटहरीवासी नागरिकले नगर बसलाई केवल सार्वजनिक यातायातको वैकल्पिक साधन मात्र नभई आधुनिक, सुरक्षित र व्यवस्थित शहरी यातायातको प्रारम्भिक आधारका रूपमा हेर्ने गरेका छन् । न्यून शुल्कमा सहज यात्राको सुविधा पाएपछि विद्यार्थी, श्रमिकदेखि ज्येष्ठ नागरिकसम्मले यस सेवामा अपेक्षा राखेका थिए ।

अधिकांश नागरिकले नगर बसका कारण निजी सवारी साधन, खासगरी सिटी सफारीको प्रयोग घट्ने, सहरमा ट्राफिक जाम कम हुनेमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आएका छन् ।

स्थानीयका अनुसार पालिकाले पारदर्शी ढंगले सञ्चालन गरे इटहरीलाई स्मार्ट सहरतर्फ लैजाने लक्ष्यमा नगर बसले ठोस योगदान पु¥याउने बताउँदै आएका छन् ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाजेन–जीनगर बस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती
विविध

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

उदयपुर : उदयपुरको गाईघाटस्थित पञ्चावती भगवती मन्दिरमा दसैँको सप्तमीका अवसरमा शनिबार वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको छ । जिल्ला प्रशासन कार्यालय,...

महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु
FEATURE BREAKING

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३
इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

कार्तिक १, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

कार्तिक १, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.