Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झोला उद्योगबाट रोजगारी सृजना गर्दै महिला उद्यमी

रासस by रासस
अशोज ७, २०८२
in विविध, समाचार
0
झोला उद्योगबाट रोजगारी सृजना गर्दै महिला उद्यमी
67
SHARES
Share on FacebookShare on Twitter

झापा : बुद्धशान्ति गाउँपालिका-३, प्रगतिटोल पुग्दा एउटा महिलाको सङ्घर्ष र सफलताको कथा भेटिन्छ।

नम्र स्वभाव र आत्मविश्वासले भरिएको अनुहार भएकी ती महिला हुन्, तारादेवी अधिकारी । शीतला झोला उद्योगकी सञ्चालक

उनको घरको भुइँतलामा चलिरहेको सानो कार्यशालामा कपडाको थुप्रो, रङ्गीचङ्गी धागा, कैची र सिलाइ मेसिनको आवाजले उद्योगको जीवन्तता झल्काउँछ। यो उद्योगको नाम अहिले बुद्धशान्ति मात्र नभई कोशी प्रदेशका विभिन्न जिल्लामा पनि परिचित छ।

साधारण गृहिणीबाट सफल उद्यमी बनेकी तारादेवीको यात्रा करिब १२ वर्षअघि घरेलु तथा साना उद्योगको समन्वयमा लिएको सिलाइकटाइ तालिमबाट सुरु भएको थियो।

तालिमपछि आफ्नै मेसिन नभएकाले केही वर्ष भाडाको मेसिनमा कपडा सिलाउने काम गरिन्। एक दिन उनले कपडा सिलाएर बाँकी रहेको टुक्राबाट तीनवटा साधारण सुर्की झोला बनाएर पसलमा राखिन्।

ती झोला तुरुन्तै बिक्री भए। यसपछि उनले हरेक दिन तीन–चारवटा झोला बनाएर राख्दा पनि माग बढ्दै गयो। यसै सफलताले उनलाई झोला उत्पादनलाई उद्यमका रूपमा अगाडि बढाउने प्रेरणा दियो।

२०७६ सालदेखि उनले ढाका, अल्लोलगायतका स्थानीय कच्चा पदार्थ प्रयोग गरी झोला उत्पादन गर्ने उद्योग खोलिन्।

अहिले उनको उद्योगबाट विभिन्न आकार, प्रकार र डिजाइनका झोला उत्पादन हुन्छन्, जसको मूल्य ५० रुपैयाँदेखि ३ हजार ५०० रुपैयाँसम्म छ। झोलाका लागि आवश्यक कच्चा पदार्थ काठमाडौँ र भारतको सिलगढीबाट ल्याइन्छ।

हाल उद्योगमा १८ महिलाले नियमित रोजगारी पाएका छन् भने थप १५ जना आंशिक रूपमा संलग्न छन्। उनीहरू आफ्नो घरधन्दा सकेर दिउँसो केही घण्टा काम गर्न आउँछन्।

दक्षताको आधारमा महिलाले मासिक २० देखि ३० हजार रुपैयाँसम्म कमाउँछन्। यसरी आफ्नो श्रमबाट आर्थिक रूपमा सशक्त बन्न पाउँदा उनीहरू गर्व र खुसी महसुस गर्छन्।

शीतला झोला उद्योगका उत्पादन झापा जिल्लामा मात्र सीमित छैनन्। कोशी प्रदेशका अधिकांश पहाडी जिल्लाका साथै सुदूरपश्चिमको कञ्चनपुरसम्म यसको माग पुग्छ।

गत असारमा भीमदत्त नगरपालिकाबाट नगरसभाका सदस्यहरूलाई वितरण गर्न ११० वटा झोलाको माग आएको थियो, जुन तारादेवीले चार दिनभित्र तयार गरेर पठाइन्। कोभिड-१९ को बन्दाबन्दीको समयमा आफ्नो उद्योगले राम्रो बजार पाएको उनले बताइन्।

बुद्धशान्ति गाउँपालिकाले पनि आफ्ना सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई उनको उद्योगबाट उत्पादित झोला वितरण गरेको छ। यसका अतिरिक्त, सङ्खुवासभाको खाँदबारी, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायतका जिल्लामा पनि झोला पुग्छ।

तारादेवी झोला उत्पादन मात्र नभई तालिम दिने काममा पनि सक्रिय छिन्। उनले स्थानीय तह र सामुदायिक संस्थाको मागअनुसार महिलालाई झोला सिलाइ तालिम दिँदै आएकी छिन्, जसले गर्दा तालिम पाएका महिलाले पनि आफ्नै क्षेत्रमा सानो स्तरमा झोला उत्पादन सुरु गर्ने अवसर पाएका छन्।

तारादेवी भन्छिन्, “तालिमले महिलालाई सीप दिन्छ, सीपले आत्मबल बढाउँछ, आत्मबलले रोजगारी र आयआर्जन ल्याउँछ।”

उनले झोला उत्पादनबाट भएको नाफाबाट बुद्धशान्ति-३ प्रगतिटोलमा जग्गा किनेर तीनतले घर बनाइन् र हाल सोही घरको भुइँतलामा उद्योग सञ्चालन गरिरहेकी छन्। खर्च कटाएर वार्षिक करिब १५ लाख रुपैयाँ नाफा हुने गरेको उनी बताउँछिन्।

आफ्ना उत्पादनलाई बजारसम्म पुर्‍याउन तारादेवीले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल र स्थानीय मेला-हाटबजारको माध्यमबाट प्रचारप्रसार पनि गरिरहेकी छन्।

शीतला झोला उद्योग केवल एक व्यावसायिक उपक्रम मात्र नभएर महिलालाई आत्मनिर्भर र सशक्त बनाउने एक खम्बा बनेको छ। धेरै महिलाले यहाँबाट कमाएको पैसाले छोराछोरीको शिक्षा, स्वास्थ्य र घरधन्दा चलाइरहेका छन्।

उनको योजना अझ ठूलो छ। आगामी दिनमा देशका विभिन्न स्थानमा तालिम सञ्चालन गर्दै महिलालाई रोजगारी सिर्जना गर्ने वातावरण बनाउन उनी चाहन्छिन्।

साथै, उत्पादनलाई अझ गुणस्तरीय र आकर्षक बनाउन नयाँ प्रविधि र डिजाइनमा लगानी गर्ने तयारी पनि छ।

तारादेवीको कथा केवल व्यक्तिगत सफलताको कथा नभएर सङ्घर्षबाट उद्यमिता जन्मिन सक्ने र महिलाले पनि ठूलो योगदान दिन सक्ने प्रमाण हो।

झापाको एउटा सानो गाउँबाट सुरु भएको उनको यात्रा आज महिलाको आत्मनिर्भरता, श्रमको सम्मान र सफलताको प्रतीक बनेको छ।

Tags: #झापा#राससउद्यममहिला उद्यमी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
FEATURE BREAKING

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

झापा : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा...

भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.