इटहरी : दशैं, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा पूर्व–पश्चिम राजमार्ग र सहरी केन्द्रहरूमा यात्रु चाप तीव्र बन्दै गएको छ।
यात्रामा भीडसँगै ठगी र दुर्घटनाको जोखिम बढ्ने हुँदा यसपटक कोशी प्रदेशका १४ वटै जिल्लाका ४० स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ।
इटहरी उपमहानगरपालिका–९, बसपार्कमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, यातायात व्यवसायी, मजदुर संगठनका प्रतिनिधि, सञ्चारकर्मी, चालक–परिचालक तथा यात्रु स्वयंको उपस्थिति रहेर सहायता कक्षको औपचारिक शुभारम्भ गरिएको छ।
चाडपर्वमा यात्रु थपिने मात्र होइन, उनीहरूलाई असुविधा र समस्यामा तत्काल सहयोग पुर्याउने चुनौती पनि बढ्ने भएकाले सहायता कक्ष सञ्चालनमा ल्याइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले बताए ।
उनका अनुसार चाडपर्वमा यात्रु चाप हुने भएकाले यात्रु सहायता कक्षमार्फत यात्रुहरूले “मात्र यात्रा होइन, यात्रा क्रममा भरोसा पनि” पाउने अपेक्षा गरिएको छ।














Discussion about this post