इटहरी : जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका इटहरीका दुई युवाका परिवारले १९ दिनपछि मात्र सरकारी राहत पाएका छन् ।
समयमै राहत नपाउँदा अभिषेक श्रेष्ठ र मोहन सरदारका परिवारले दाहसंस्कार तथा काजक्रियामा संघ–संस्था र व्यक्तिबाट आएको सहयोगमा भर पर्नुपरेको हो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार मन्त्रिपरिद्को निर्णयअनुसार प्रत्येक मृतक परिवारलाई गृह मन्त्रालयबाट १५ लाख रुपैयाँ र प्रदेश सरकारबाट किरिया खर्चबापत १ लाख प्रदान गरिएको हो ।
राहतस्वरूप १० लाख र क्षतिपूर्तिबापत ५ लाख गरी १५ लाख रकम प्रदान गरिएको हो ।
इटहरी १६ बस्ने श्रेष्ठ र इटहरी १४ घर भएका सरदारको भदौ २३ गते इटहरी चोकमा गोली लागेर निधन भएको थियो ।
तर भक्तपुरमा प्रहरीको गोली लागी मृत्यु भएका धरानका साजन मेवाहाङको परिवारलाई भने अझै राहत रकम पाइएको छैन ।
आमाबाबु र दाजुको निधन भइसकेका साजनका दुई नाबालक छोराको भविष्य अनिश्चित बनेको छ ।
स्थानीयहरूका अनुसार सरकारले राहत ढिलो गर्दा समाजले अस्थायी सहयोग गरेको छ ।
यो पनि – इटहरीका अभिषेक शनिबार साउदी उड्दै थिए, गोलीले सधैंका लागि रोक्यो यात्रा












Discussion about this post