उदयपुर : उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा दुई महिलालाई गाँजासहित नियन्त्रणमा लिएको छ ।
सिराहा लहान नगरपालिका–१७ की लिला देवी रामलाई ६ किलो ८४६ ग्राम र लहान–८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post