धरान : धरान उपमहानगरपालिका–४ बुद्ध विहार नजिकै प्रहरीले दुई सय ७५ किलो गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
भेडेटारबाट धरानतर्फ आउँदै गरेका धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने १९ वर्षीय विवशन राईलाई पक्राउ गरिएको हो। चेकजाँच गर्दा उनको साथमा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो।
बरामद गरिएको गाँजासहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post