इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ नडाहा चतरा जंगल नजिक मदन भण्डारी लोकमार्गमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार झण्डाचोकबाट नडाहातर्फ आउँदै गरेको प्रदेश १–०२–०४६ प ४३३४ नम्बरको स्कुटर सोमबार राति ११ः५५ बजेतिर अनियन्त्रित भई सडक छेउको सिमेन्टको पर्खालमा ठोक्किँदा चालक ३५ वर्षीय कमल पौडेलको घटनास्थलमै मृत्यु भएको हो।
मृतक पौडेल बराहक्षेत्र–५ कालाबन्जारका निवासी हुन्।
घटनापछि इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।














Discussion about this post