इटहरी : इटहरी ८ स्थित बगैंचामा देखिएको (Purple Sunbird) सुनचरी ।
यो चराले फूलको रस चुस्ने मात्र होइन, साना किरा खाएर वातावरणलाई सन्तुलनमा राख्ने गर्छ।
यो चराको वैज्ञानिक नाम (Cinnyris asiaticus) हो। जसलाई नेपालीमा ‘सुनचरी’ वा ‘नीलकण्ठी सुगन’ भनिन्छ।
यो चराको भाले प्रजनन ऋतुमा नीलाभ बैजनी रङमा देखिन्छ भने पोथी पहेंलो–हरियो मिश्रित रंगको हुन्छ।
लामो वक्र चञ्चु भएको यो सानो चराले फूलको रस चुस्ने गर्छ।
नेपालसहित दक्षिण एशियाका धेरै क्षेत्रमा सजिलै भेटिने सुनचरी चराले बगैंचामा आउने कीराहरू पनि खाएर प्राकृतिक रूपमा वातावरणलाई सन्तुलनमा राख्ने गर्छ।















Discussion about this post