झापा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बुट्टाबारीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बिहीवार (आज) बिहान साढे ९ बजेतिर बिर्तामोड–६ मा प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको बस सडकबाट पाँच मिटर तल पल्टिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी–११ का ४६ वर्षीय दिनेश कुमार भट्टराई र सहचालक मोरङ रङ्गेली–२ का ४२ वर्षीय राजकुमार चौधरी छन्।
एकजनाको घटनास्थलमै मृत्यु भएको र अर्कोको अस्पताल पुर्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।
घाइतेलाई स्थानीय र प्रहरीको सहकार्यमा उद्धार गरी अस्पताल पठाइएको छ।
घटनामा १३ जना घाइते भएका छन्। दुर्घटनापछि बस चालक फरार रहेका कारण खोजतलास जारी छ।














Discussion about this post