इटहरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ फूलचोकमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको बा ७७ प ९४२५ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदै भाग्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको नम्बर नभएको इभी स्कुटरसँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको हरिनगरा–५ का अन्दाजी २७ वर्षीय विराट मण्डलको उपचारका क्रममा विराटनगरस्थित सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल पछाडि सवार २९ वर्षीय कुवेर मण्डलको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।
स्कुटर चालक र साइकल यात्रीको विवरण भने खुलेको छैन।
दुर्घटनापछि प्रहरीले तीनै सवारी साधन नियन्त्रणमा लिएको छ। मृतकको शव उनका भिनाजु अंकित मण्डलले पोस्टमार्टमका लागि कोशी अस्पतालमा लगेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय लौकहीबाट करिब १ किलोमिटर पूर्वतर्फ पर्छ।














Discussion about this post