इटहरी : भारी वर्षाका कारण आइतवार र सोमबार सार्वजनिक बिदा दिइएको छ ।
गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।
जसका कारण आइपर्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा निर्णय गरिएको उल्लेख छ ।
केही दिनयता लगातार वर्षा भइरहेको र अझै असोज २० गतेसम्म भारी वर्षा जारी रहने पूर्वानुमान भएकाले बाढी, डुबान, भूक्षय र सडक तथा हवाई यातायात अवरुद्ध हुने जोखिम बढेको छ।
सूचनामा भनिएको छ, ‘२०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपालभरका सबै कार्यालय, संस्था र निकायमा सार्वजनिक बिदा रहनेछ।’












Discussion about this post