उदयपुर : २४ भदौमा झुम्का कारागारबाट फरार भएका एक कैदी मृत फेला परेका छन् ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उदयपुरको त्रियुगा नगरपालिका ८ शाहीखोला राजाबासका ३५ वर्षीय गम्भीरबहादुर दनुवार मंगलबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
सुनसरी जिल्ला अदालतले १३ चैत २०७७ मा कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाइएका दनुवार जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर घर पुगेका थिए ।
मंगलबार दिउँसो घर नजिकै रूखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले पुष्टि गरे ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post