Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

महासंघ सुनसरीले भन्यो – ‘पत्रकारिताको नाममा बार्गेनिङ गर्ने वा धम्की दिने गतिविधि भए खबर गर्नु’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २६, २०८२
in समाचार
0
महासंघ सुनसरीले भन्यो – ‘पत्रकारिताको नाममा बार्गेनिङ गर्ने वा धम्की दिने गतिविधि भए खबर गर्नु’
73
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल पत्रकार महासंघ सुनसरी शाखाले हालसालै देखिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिका विभिन्न अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शाखाका सचिव पर्शुराम बाह्रकोटी (विनयले) आइतवार एक विज्ञप्ति जारी गर्दै लोकतन्त्रको मूल आधार मानिने प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने नियोजित प्रयासहरू भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएको हो।

‘जेनजी आन्दोलनको क्रममा सुनसरीका पत्रकारहरू भौतिक आक्रमणमा नपरेपनि त्यसपछिका गतिविधिले मानसिक रूपमा विचलित भएको अवस्थामा व्यावसायिक पत्रकारको साथमा महासंघ सुनसरी रहेको विश्वास दिलाउँदै निशंकोच रूपमा रिपोर्टिङ गर्न र समाचार सम्प्रेषण गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

खासगरी महासंघले पत्रकारिताको नाममा गैरकानुनी कार्य गर्नेहरूमाथि कारबाही गर्न प्रशासनसँग आग्रहसमेत गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनपछि पत्रकारिताको आडमा धाकधम्की दिने र नागरिकमा त्रास बढाउने गतिविधि भइरहेको सूचना प्राप्त भएको हुँदा गम्भीर ध्यानाकर्षण भएको छ। जेनजी पत्रकार भन्दै प्रशासन, सरकारी निकाय र नागरिकलाई त्रसित बनाउने गरेको गुनासो आएकाले त्यस्ता गतिविधि रोक्न चेतावनी दिन चाहन्छौं । पत्रकारितालाई बदनाम गराउने गतिविधिमा संलग्न जो कोहीमाथि अनुसन्धान गरी कारवाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै कसैले पत्रकारिताको नाममा बार्गेनिङ गर्ने वा धम्की दिने गतिविधि गरे महासंघमा खबर गर्न अनुरोध गर्दछौं ।’

यस्तै, महासंघले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूमा अप्रमाणित तथा मिथ्या सूचना प्रकाशन–प्रसारण भइरहेकोप्रति पनि सचेत गराएको छ।

आगामी दिनमा प्रमाणसहित र तथ्यपरक समाचार सम्प्रेषण गर्न सबै पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गर्दै, गलत सूचनाबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित सञ्चालक वा व्यक्तिले नै लिनुपर्ने चेतावनी दिइएको छ।

विज्ञप्तिमा महासंघले सुनसरीका अग्रज तथा सक्रिय पत्रकारहरूसँग निरन्तर संवाद र समन्वय गर्दै स्वतन्त्र पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि क्रियाशील रहेको स्पष्ट पारेको छ।

Tags: #पत्रकारनेपाल पत्रकार महासंघपत्रकार महासंघ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1002 shares
    Share 401 Tweet 251
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.