Wednesday, June 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराट टिचिङमा नर्सहरूको आन्दोलनले स्वास्थ्य सेवा ठप्प, सयौँ बिरामी मर्कामा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८२
in समाचार
0
विराट टिचिङमा नर्सहरूको आन्दोलनले स्वास्थ्य सेवा ठप्प, सयौँ बिरामी मर्कामा
69
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नर्सहरू तलब र सेवा–सुविधा वृद्धि माग गर्दै आन्दोलनमा उत्रिएपछि अस्पतालको नियमित सेवा ठप्प भएको छ ।

आकस्मिकसहितका अधिकांश सेवा प्रभावित हुँदा सयौँ बिरामी उपचार अधुरो छाडेर फर्किन बाध्य भएका छन् ।

आन्दोलन भएसँगै अस्पतालको नियमित सेवा अस्तव्यस्त बनेको छ । बिरामीहरू उपचार अधुरो छाडेर फर्किनुपर्ने स्थिति आएको छ ।

नर्सिङ स्टाफहरू शनिबारदेखि अस्पताल परिसरमै प्लेकार्डसहित उत्रिएका हुन् ।

‘न्याय देऊ नत्र सडकमै सेवा दिनेछौं’, ‘सेवामा शिर झुक्दैन’, ‘अन्यायमा घुँडा टेक्दैन’, ‘विदेश जान बाध्य नगर, हामीलाई नेपाल प्यारो छ’जस्ता नारासहित आन्दोलनरत छन् ।

उनीहरूले आफूहरूलाई सरकारले तोकेको न्यूनतम तलब–सुविधा नदिइएको, कार्यदबाब अत्यधिक बढाइएको र प्रशासनले गुनासो बेवास्ता गरेको गुनासो गरेका छन् ।

एक नर्सले भनिन्, ‘आईसीयूमा एक बिरामीका लागि एक नर्स चाहिन्छ । तर हामी एकैपटक तीन बिरामी सम्हालिरहेका छौं । यस्तो दबाबबीच पनि तलब समयमै आउँदैन । हामीलाई हेपिएको महसुस भइरहेको छ ।’

आन्दोलनका कारण अस्पतालको आकस्मिक (इमरजेन्सी)सेवासमेत प्रभावित भएको छ ।

नर्सिङ स्टाफले काम रोकेपछि अस्पतालले ‘डिस्चार्ज’ प्रक्रियासहित बिरामीलाई अन्यत्र पठाउन थालेको छ । भर्ना रोकिएपछि कतिपय बिरामीहरू उपचार अधुरो छाडेर घर फर्किन बाध्य भएका छन् ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले भने आफूहरूले कसैको श्रम शोषण नगरेको र अस्पतालको वित्तीय क्षमता अनुसारकै सेवा–सुविधा दिइरहेको दाबी गरे ।

उनले भने, ‘नर्सहरूले उठाएका मागहरूमध्ये धेरै नीतिगत तहमा पर्छन् । अस्पतालले आफ्नै निर्णयमा तलब बढाउन सक्दैन । सरकारले स्पष्ट नीति बनाए वार्ता गरेर समाधान गर्न हामी तयार छौं ।’

उनका अनुसार, नर्सहरूले काम नगरेपछि अस्पतालले नयाँ बिरामी भर्ना लिने काम रोकिएको छ । हाल उपचाररत करिब ४५० बिरामीको वैकल्पिक व्यवस्था खोज्नुपर्ने अवस्था आएको छ ।

Tags: आन्दोलननर्सविराट टिचिङविराट मेडिकल कलेज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन
विविध

भारतको नयाँ नियमले रोकियो नेपाली चिया, ६० हजार श्रमिक प्रभावित

by रासस
असार ३, २०८३
0

झापा : नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

इटहरी : अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत सुनसरी प्रहरीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला...

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

असार ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतको नयाँ नियमले रोकियो नेपाली चिया, ६० हजार श्रमिक प्रभावित

असार ३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

असार ३, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

असार ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.