Tuesday, April 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

हिमाल आरोहणमा पर्यटकको उत्साह, यो सिजनमा ३ सय विदेशीले गरे कञ्चनजंघा क्षेत्रको भ्रमण

रासस by रासस
कार्तिक १०, २०८२
in भिजिट नेपाल, समाचार
0
हिमाल आरोहणमा पर्यटकको उत्साह, यो सिजनमा ३ सय विदेशीले गरे कञ्चनजंघा क्षेत्रको भ्रमण
65
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : पछिल्लो समय ताप्लेजुङका हिमाल आरोहणमा आरोही र पर्यटकको उत्साह बढेको देखिएको छ ।

फ्रान्सेली दुई नागरिकले गत असोज दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए ।

अन्नपूर्ण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिसनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चार्ल्स इली वेद्रिन्स र निकोलस पाउल अरिस्टाइड छन् ।

गतसाता चिलीका एक नागरिकले कञ्चनजङ्घा हिमालको काखमै रहेको पाथीभरा हिमालको सफल आरोहण गरेका थिए ।

विश्वको ३२औँं अग्लो र नेपालको १५औँ अग्लो कुम्भकर्ण (फक्ताङलुङ) हिमाल आरोहण गर्नका लागि फ्रान्सका तीन नागरिक सो हिमालको आधार शिविर क्षेत्रमा पुगेको पर्यटन सहायक शेर्पाले बताए । सो हिमालको उचाइ ७ हजार ७१० मिटर उचाइ रहेको छ ।

पछिल्लो वर्ष यहाँका हिमाल उत्साहका साथ आरोहण गर्न थालिएका छन् ।

गत वर्षको कात्तिकमा चारजना दक्षिण कोरियन नागरिकले ६ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ हिमालको पहिलो पटक सफल आरोहण गरेका थिए ।

गत वर्षको चैतमा शार्फु–४ हिमालमा पहिलो पटक आरोहण गरिएको थियो ।

चिलीका नागरिक हर्नान लील, पर्वतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले ६ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलो पटक आरोहण गर्न सफल भएका थिए ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन साहयक टाँसी तेन्जिङका अनुसार ३०० जना विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण गरेका छन् ।

गत भदौ तेस्रो सातादेखि मङ्सिर १५ गतेसम्म कञ्चनजङ्घा भ्रमणको याम रहने शेर्पाले बताए ।

पर्यटन विभागका अनुसार गत वर्षको याममा अर्थात् मार्च १ देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष र १५ जना महिला गरी ४१ जनाले ८ हजार ५५६ मिटर उचाइको कञ्चनजङ्घा हिमालको चुचुरोमा सफलतापूर्वक आरोहण गरेका थिए ।

सो आरोहणबाट एक करोड ९७ हजार ४६० रुपैयाँ रोयल्टी सङ्कलन भएको थियो ।

Tags: #ताप्लेजुङ#भिजिट नेपाल#राससकञ्चनजङ्घा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
समाचार

पूर्वी सीमा नाका ७२ घण्टा बन्द

by रासस
बैशाख ८, २०८३
0

झापा : भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको...

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई
FEATURE BREAKING

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

इटहरी : १६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको...

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी सीमा नाका ७२ घण्टा बन्द

बैशाख ८, २०८३
इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

बैशाख ८, २०८३
सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1312 shares
    Share 525 Tweet 328
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    373 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.