धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियम विपरीत काम गर्ने कर्मचारीलाई बर्खास्त गरिएको छ ।
प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूले आन्तरिक अनुशासन तोड्ने घटनामाथि कडाइ गर्दै बर्खास्त र विभागीय कारबाही गरेको हो ।
रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार नियम विपरीत कार्यरत स्त्रीरोग विशेषज्ञ प्रा.डा. मोहनचन्द्र रेग्मी र उनकी पत्नी लक्ष्मी सुवेदी, दिरण भट्टराई तथा सुरेन बास्फोरलाई बर्खास्त गरिएको हो।
त्यस्तै, हाडजोर्नी विभाग प्रमुख डा. रोशन कलवार र शाखा अधिकृत कान्तलाल चौधरीलाई एक–एक ग्रेड घटाई कारबाही गरिएको छ।
साथै, सेवा अवधि नपुगी प्रोफेसरमा बढुवा भएको पुष्टि भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले दुई तह घटेको अवस्थामा राजीनामा दिएका छन्।
‘संस्थाको विश्वसनीयता र अनुशासन कायम गर्न आवश्यक कदमहरू चालिरहेका छौं,’ रजिस्ट्रार संग्रौलाले भने, ‘कसैलाई पनि नियम विपरीत काम गर्न अनुमति दिइँदैन र मुख्य कुरा भनेको पदाधिकारीहरुले नियम अनुसार काम गर्नुपर्यो ।’













Discussion about this post