Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इनरुवा अस्पताल बेथिति : ३४ बुँदे मागसहित प्रशासनलाई ध्यानाकर्षण पत्र

रासस by रासस
चैत्र ३, २०८२
in विविध, समाचार
0
सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात
66
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : जिल्ला सदरमुकाम इनरुवास्थित जिल्ला अस्पताल सुधारको माग गर्दै सोमबार ध्यानाकर्षण पत्र बुझाइएको छ ।

जिल्ला अस्पताल इनरुवा सुधार सङ्घर्ष समितिले ३४ बुँदे मागसहित अस्पताल प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको समितिका संयोजक दिलीपचन साहुले जानकारी दिए ।

मेसु, प्रशासन र अस्पताल विकास समितिका अध्यक्ष राजन मेहतासँग छलफल र अन्तरक्रिया गर्दै ध्यानाकर्षण पत्र बुझाइएको उनले बताए ।

एन्टिरेबिज भ्याक्सिन (एआरभी) को अभावमा बिरामी विराटनगर वा अन्य निजी क्लिनिकमा जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, बिरामी, कुरुवा र नागरिक समाजमैत्री सेवा हुनुपर्ने, ल्याब नियमित सञ्चालन, ब्लड बैंक, सघन उपचार कक्ष (आइसियू), भेन्टिलेटर र सिटीस्क्यान सेवा सञ्चालन गर्नुपर्नेलगायत ३४ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाइएको सङ्घर्ष समितिका संयोजक साहुले जानकारी दिए ।

निरन्तर पाँच वर्षदेखि अस्पताल सेवा सुधारको आवाज उठाइरहेको समितिले जिल्ला अस्पतालको सेवा सुधारदेखि भौतिक पूर्वाधारको व्यवस्था र बिरामीलाई बस्ने ठाउँदेखि ल्याबसम्मको सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको समितिका प्रतिनिधि पशुपति दाहालले बताए।

केही समययता अस्पतालका सेवा सुविधाका विषयमा अस्पतालमा आउने नागरिकको गुनासो बढेकाले ती समस्या समाधानका माग राखेर मेडिकल सुपरिटेन्डेन्ट अमरेन्द्र कुशवाहालाई ध्यानाकर्षण पत्र बुझाइएको समितिले जनाएको छ ।

अस्पतालमा अल्ट्रासाउन्ड (युएसजी) सेवा बिहान ८ः०० बजेदेखि साँझ ५ः०० बजेसम्मका लागि सञ्चालनको व्यवस्था मिलाउनुपर्ने, अस्पताल फार्मेसीमा बिमाबापत प्राप्त गर्ने औषधि पर्याप्त मात्रामा राख्नुपर्ने, छाडा कुकुरको बिगबिगी देखिएकाले त्यसको व्यवस्थापन गर्नुपर्ने, समान तहको कर्मचारीलाई समान तलबको व्यवस्था गर्नुपर्नेलगायत माग राखिएको समितिका संयोजक साहुले बताए ।

त्यसैगरी विशेषज्ञ चिकित्सकको व्यवस्था गर्नुपर्ने, आवास, भत्ताको व्यवस्था र समयमा तलब दिनुपर्ने, सुरक्षाको प्रत्याभूति दिनुपर्ने, आकस्मिक कक्षमा २४सैँ घण्टा चिकित्सक बस्नुपर्ने, हाडजोर्नीका बिरामीलाई चाहिने स्टिल, धागो तथा अन्य सामग्री बिरामीले खरिद गर्नुपर्ने ठाउँमा चिकित्सकले फार्मेसी सिफारिस गर्न नहुने, अस्पतालको सामाजिक लेखा परीक्षण गर्नुपर्ने, आकस्मिक ल्याब सञ्चालन गर्नुपर्ने, आँखा विभागमा औषधि र चस्मा बिरामीलाई उपलब्ध गराउनुपर्नेलगायत माग राखिएका छन् ।

समितिले मागअनुसार सल्लाह र सुझाव १५ दिनभित्र पूरा गर्न आग्रह गरेको छ । माग पूरा नभए वा अन्यथा भए अस्पताल प्रशासनविरुद्ध सङ्घर्षका कार्यक्रम गर्न बाध्य हुने साहुले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष राजन मेहताले जायजमाग सात दिनभित्र सम्बोधन गर्ने जनाउँदै सेवा सुधार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनताको स्वास्थ्य सेवाप्रति आफू गम्भीर रहेकाले तत्काल गर्न सक्ने सुधार आजैदेखि हुने, केही समय लाग्नेको हकमा अल्पकालीन र दीर्घकालीन समाधान गर्ने गरी माग सम्बोधन गर्ने उनले जानकारी दिए ।

Tags: #रासस#सुनसरीअस्पतालजिल्ला अस्पताल इनरुवा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    642 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.