विराटनगर : सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको गुनासो गर्दै विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरू फेरि सडकमा उत्रिएका छन्।
प्ले कार्डसहित नोबेल अस्पताल परिसरमा नर्सहरूले बुधवार आन्दोलन गरेका हुन् ।
‘हामीलाई १२ हजार रुपैयाँमा जीवन गुजारा गर्न भनिन्छ, तर त्यसै हातले हामी बिरामीको जीवन सम्हालिरहेका छौँ,’ आन्दोलनको नेतृत्व गरिरहेकी स्वास्थ्यकर्मी स्वाती देव भन्छिन्, ‘यो तलबको कुरा होइन, यो मानवताको मूल्यको पनि सवाल हो।’
सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ भएपनि अस्पतालले अझै १२ हजार १७० रुपैयाँ मात्र तलब दिइरहेको आन्दोलनरत स्वास्थ्यकर्मीहरूको आरोप छ।
माग पूरा गर्न कार्तिक १८ गतेसम्म समयसीमा दिए पनि अस्पताल प्रशासनले कुनै पहल नगरेपछि उनीहरू पुनः आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनका कारण आकस्मिक र आइसियू बाहेकका सबै विभागमा सेवा प्रभावित भएको छ।













Discussion about this post