इटहरी : इटहरीमा शनिवार भएको गजल महफिलमा चार गजलकारहरूले मन छुने प्रस्तुति दिएका छन् ।
नेपालबिटको आयोजनामा इटहरीस्थित कस्तुरी कलेजमा भएको कार्यक्रममा गजलकारहरू बाबु त्रिपाठी, रुपक बनबासी, दीपा दिपहरि र दीर्घराज प्रियसीले आठ–आठ वटा गजल वाचन गर्दै माहोललाई रमाइलो र भावुक बनाएका थिए ।
गजलकारहरूको प्रस्तुति सुनेपछि उपस्थित साहित्यप्रेमीहरूले ताली र वाहवाहीसहित उत्साहजनक प्रतिक्रिया व्यक्त गरेका थिए ।
पूर्व क्षेत्रबाट आएका साहित्यकार तथा श्रष्टाहरूको उल्लेख्य उपस्थिति कार्यक्रमको आकर्षण बन्यो ।
कार्यक्रमका सभाध्यक्ष रामप्रसाद खरेलका अनुसार नेपालबिटले हरेक शनिवार नियमित रूपमा साहित्यिक श्रृङ्खला सञ्चालन गर्दै आएको छ ।
‘साहित्यिक वातावरणलाई जोगाउँदै नयाँ र पुराना सिर्जनागत आवाजहरूलाई साझा मञ्च दिने हाम्रो प्रयास निरन्तर छ,’ उनले भने ।
इटहरीमा निरन्तर साहित्यिक गतिविधिले सिर्जनशीलता र साहित्यिक चेतनाको विकासमा सकारात्मक योगदान पुर्याइरहेको आयोजकको भनाइ छ ।













Discussion about this post