विराटनगर : कोशी प्रदेश सरकारको आज (सोमवार) बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारबाट सरुवा भई आएका तीनजना सहसचिवलाई प्रदेश सचिवको रूपमा पदस्थापन गरेको छ ।
कोषहरी निरौलालाई आर्थिक मामला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव र पुष्कर प्रसाद पोखरेललाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमा प्रदेश सचिवको रूपमा पदस्थापन गरिएको प्रवक्ता रेवतीरमण भण्डारीले जानकारी दिए ।
त्यस्तै, प्रदेशसभालाई सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
जेनजी आन्दोलनमा प्रदेशसभा जलेर ध्वस्त भएपछि कटहरी गाउँपालिकामा रहेको कृषि बजारमा प्रदेश सभा सञ्चालन गर्ने तयारी गरिएको छ ।
भिडिओ














Discussion about this post