Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जेनजी आन्दोलन : इटहरीका सहिद मोहनकी श्रीमती सरकारबाट जागिर पाउने आशमा

रासस by रासस
मंसिर ७, २०८२
in समाचार
0
जेनजी आन्दोलन : इटहरीका सहिद मोहनकी श्रीमती सरकारबाट जागिर पाउने आशमा
69
SHARES
Share on FacebookShare on Twitter

इटहरी : जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद भएका इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्थे ।

गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उनलाई खासै जानकारी थिएन । उनले गाउँकै श्रवण सरदारसँग बजार जाने निधो गरे । उनी घर बनाउने काम गर्दा खुट्टामा चोट लागेर केही दिनदेखि घरमै आराम गरेर बसेका थिए ।

एकछिन बजार पनि पुगेर आउने अनि खुट्टा पनि सामुदायिक स्वास्थ्य केन्द्रमा देखाएर आउँछु भनेर श्रीमती मञ्जुसँग कुरा गरेर उनी घरबाट निस्किएका थिए तर कहिल्यै नआउने गरी बिदा भएर गए ।

साँझ अबेरसम्म पनि नफिर्किएपछि श्रीमती मञ्जुले श्रवणलाई सोध्दा दिउँसै छुटिएको र पछि खोज्दा आफूले फेला नपारेको श्रवणले भने, “खै मोहन त कता जानुभयो, बजारमा आन्दोलन रहेछ, त्यो भिडभाडमा हामी छुट्टियौँ, पछि सम्पर्क हुन सकेन ।” श्रवणका कुराले मञ्जुको मनमा चिसो पस्यो ।

अनि फोन लगाउन थालिन् । फोन ‘स्वीच अफ’ थियो । आफन्त र गाउँका सबैलाई हारगुहार गरिन् । तर, सबैले आइहाल्नुहुन्छ नी भन्ने जवाफ दिए । नभन्दै उनले बेलुकासम्म त आउनुहुन्छ होला भनेर सोचिन् । तैपनि मन बेचैन भइरह्यो । फेसबुक खोलेर बेलाबेलामा हेर्थिन् ।

त्यही फेसबुकमा गोली लागेर ढलेको भनेर आफ्नै श्रीमानकाे भिडियो देखेपछि मञ्जु बेहोस् भइन् । त्यसपछि उनलाई आफन्तले सम्हालेर केही समयपछि होसमा आएको याद छ । अनि, गाउँका सबैजना मोहनको खोजतलासमा लागे ।

पछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेको सूचना प्राप्त भयो । आफन्त लिएर भोलिपल्ट मञ्जु हेर्न गइन् ।

उनको आठ वर्षअघि विवाह भएको थियो । उनले सुनसरी रामधुनी–८ कै मञ्जुसँग विवाह गरेका थिए । मञ्जुले यति चाँडै श्रीमान् गुमाउँदाको पीडाबाट सम्हालिन धेरै दिनसम्म कुर्नुपर्यो ।

अहिले पनि उनी श्रीमानकाे नाम लिनासाथ आँखाबाट आसु झार्छिन्, अरु केही बोल्न सक्दिनन् । ४० वर्षे पुगेका मोहन र मञ्जुबिच प्रेम विवाह भएको थियो । उनीहरुको एउटी पाँच वर्षकी र अर्की सात वर्षकी छोरी छिन् । घर बनाउने क्रममै उनीहरुिबच चिनजान भयो, अनि मन्दिरमा विवाह भएको थियो ।

“सँगै मर्ने अनि सँगै बाँच्ने कशम खाएर प्रेम सम्बन्धमा बाँधिएका थियौँ, तर श्रीमानकाे अल्पआयुमै मृत्यु हुँदा सारै गाह्रो भएको छ”, २७ वर्षे मञ्जुले भनिन्, “सानी छोरी आकृतिले बारम्बार बाको कुरा निकाल्छिन् । उनले बाबाको कुरा निकाल्दा कसरी सम्झाउनु गाह्रो हुन्छ ।”

छोरीलाई मोहन विदेश गएको भनेर ढाँटिएको छ । अब कतिञ्जेलसम्म ढाट्ने ? उनले भनिन्, “छोरी आकृतिले पनि विश्वास गरेकी छन् । कुनै दिन वास्तविकता थाहा पाउँदा छोरीलाई कस्तो पीडा होला ?”

मञ्जु पनि दुई वर्षसम्म कुबेत बसेर फर्किएकी हुन् । “छोरीलाई ममी आउनु भो, अनि बाबा जानु भो, भन्ने विश्वास छ”, उनले भनिन् । सात वर्षे जेठी छोरी आरबीलाई पनि बाबुको निधन भएको ज्ञान छ ।

मञ्जुको कुबेत गएर कमाएको र मोहनले मिस्त्री गरेर जोहो गरेको पैसाले ऐलानी जग्गामा एउटा सामान्य घर बनाइएको छ ।

उनीहरुको जसोतसो घर व्यवहार सामान्य ढङ्गले चलेको थियो । अब भने समस्या निम्तिएको छ । “अब मैले छोरीहरुलाई कसरी पाल्नु ? मलाई जहिल्यै यही कुराले पिरोल्ने गर्छ”, मञ्जुले भनिन् ।

उनी अहिले प्रधानमन्त्री सुशीला कार्कीले जागिर दिने वचन दिएकाले त्यही आशमा छिन् । तिहारअघि जेनजी पुस्ताको काठमाडौँमा भेला भएको र त्यो भेलामा झापाबाट जेनजी पुस्ताको अगुवा अञ्जु राईले मञ्जुलाई पनि लिएर गएकी थिइन् । त्यो

भेलामा सकेर जेनजीकै अगुवाईमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मृतकका परिवारसहित घाइतेका आफन्तलाई भेट गराइएको थियो ।

त्यहीबेला प्रधानमन्त्री कार्कीले योग्यताअनुसारको जागिर लगाइदिने वचन दिएको मञ्जुले बताइन् ।

“प्रधानमन्त्रीले जागिर लगाइदिन्छु भन्नुभएको छ, अहिलेसम्म आश गरेर बसेको छु”, मञ्जुले भनिन्, “अहिलेसम्म त काम खोज्न पनि गएको छैन, प्रधानमन्त्रीकै आशमा पर्खेको हो ।”

काम नगरिकन छोरीहरुका लागि बिहान बेलुकाको गर्जो टार्न नै समस्या हुने भएकाले गर्दा आफ्नो क्षमताअनुसारको काम जेसुकै पाए पनि गर्ने उनले बताइन् । महिला भए पनि उहाँ सानैदेखि कामकाजी भएकाले गर्दा कुनै समस्या छैन ।

कुबेतमा पनि दुःखै गरेर आएको हो, काम गर्न कुनै समस्या छैन”, उनले उद्योगी तथा व्यवसायीलाई आग्रह गर्दै भनिन्, “मेरा छोरीहरुका लागि मलाई सानोतिनो भए पनि काम दिनुहोस् ।”

उनलाई सरकारले रु १५ लाख उपलब्ध गराइसकेको छ । सरकारले गृह मन्त्रालयमार्फत क्षतिपूर्तिबापत रु १० लाख र काजकिरिया तथा अन्य खर्चका लागि रु पाँच लाख उपलब्ध गराएको हो ।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाले पनि राहत रकम दिने निर्णय गरेको छ । यद्यपि, अहिलेसम्म उपलब्ध भने गराएको छैन ।

सरकारले दिएको पैसा काजकिरिया खर्च गरेर बचेको सबै पैसा छोरीहरुको भविष्यका लागि वचत गरेर राखेको उनले बताइन् ।

उनी भन्छिन्, “जस्तोसुकै कठिन सङ्घर्ष गर्न परे पनि छोरीहरुलाई कुनै अभाव हुन दिने छैन् ।” छोरीहरुलाई आफ्नो आर्थिक अवस्था कमजोर भएकैले गर्दा घटनापछि दाताकै सहयोगमा इटहरीकै मेरिल्याण्ड बोडिङ् स्कुलमा पढाइरहेको उनले बताइन् ।

जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते नै इटहरीमा दुई जनाको मृत्यु भएको थियो । मोहन सरदारसँगै प्रहरीको गोली लागेर इटहरी बस्दै आएका अभिषेक श्रेष्ठको पनि मृत्यु भएको थियो ।

Tags: #राससजेन–जी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा
समाचार

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–५ का ५ सिताराम गुरुङ भरुवा बन्दुकसहित पक्राउ परेका छन् । गुरुङले भरुवा बन्दुक लुकाएर राखेको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–४ हरिनगरा–बसन्तपुर भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना...

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३
जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

भदौ १६, २०८३
संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

भदौ १६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

भदौ १६, २०८३

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.