Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

तरहरामा मन्डारिन हाँसको दृश्य रेकर्ड, नेपालमै दुर्लभ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ८, २०८२
in पर्यावरण, फाेटाे फिचर, समाचार
0
तरहरामा मन्डारिन हाँसको दृश्य रेकर्ड, नेपालमै दुर्लभ

तस्बिर : निशान शर्मा ।

196
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अत्यन्तै दुर्लभ प्रजाति मानिने मन्डारिन हाँसको एउटा पोथी इटहरी उपमहानगरपालिका–२०, तरहरामा रेकर्ड गरिएको छ ।

चरा अध्ययन गर्दै आएका वाइल्डलाइफ फोटोग्राफर निशान शर्माले मङ्सिर ८ गते तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रभित्र रहेको १ नं. पोखरी आसपास उक्त चरा रेकर्ड गरेका हुन् ।

यो चराको रेकर्डले पूर्वी नेपालको जैविक इतिहास, प्रवासी चराहरूको मार्ग, र संरक्षणका लागि महत्वपूर्ण रेकर्ड रहेको बताइएको छ । प्रकृतिप्रेमी र पंक्षी संरक्षकहरूका लागि यो खुसीको खबर मानिएको छ ।

खासगरी यो चरा नेपालमा नियमित रूपमा नदेखिने सुन्दर प्रवासी प्रजाति हो।

हल्का खैरो शरीर, आँखाको वरिपरि सेतो घेरा, र पखेटामा सेतो–कालो विशेष पैटर्नले चिनिन्छ। मन्डारिन हाँसहरू सामान्यतयाः ताल, पोखरी, नदी र अन्य सिमसार क्षेत्रमा पाइन्छ। यी चराहरू प्रायः एक्लै वा सानो समूहमा हुन्छन् ।

टाउको पानीमा डुबाएर चर्न खोज्छन्, रूखहरूमा पनि बस्छन् । बलियो उडान गर्ने, राम्रो पौडी खेल्ने हुन्छन् ।

प्रकृतिविद्हरूका अनुसार यो प्रजाति प्रायः चीन र पूर्वी एसियाका ताल, नदी आसपासमा पाइन्छ। हिउँदयाममा भने कहिलेकाहीँ दक्षिणतिर सर्दै भारत र नेपालका केही भागमा पनि देखापर्ने गर्दछ।

पूर्वी नेपालका लागि यो पछिल्ला वर्षहरूको सबैभन्दा महत्त्वपूर्ण रेकर्ड बनेको छ ।

उक्त चराको फोटोमा देखिएको पोथी मन्डारिन हाँसको पहिचान कोशी टप्पुका पंक्षीविद् अनिश तिम्सिना र कृष्ण थापाले पुष्टि गरेका छन् । नेपालमा उक्त प्रजातिको दुर्लभता र अघिल्ला तथ्याङ्क Himalayan Nature Red Data List बाट पुष्टि गरिएको हो।

पूर्वी नेपालमा मन्डारिन हाँसको पछिल्लोपटक सन् २०२० मा सुनसरीको बर्जु तालमा एक वयस्क भाले अवलोकन गरिएको थियो।

चार वर्षपछि आएको तरहराको यो नयाँ रेकर्डले यस क्षेत्रलाई प्रजातिको सम्भावित प्रवासी मार्ग वा अस्थायी विश्रामस्थलको रूपमा देखाएको छ।

खासगरी यस क्षेत्रमा लेसर एडजुटेन्ट स्टर्क (भुँडीफोर गरुड), ग्रेट मैना, कमन पोचार्ड्स, लेसर व्हिसलिंग डक्स, ब्ल्याक बाजा, येलो बिटरन लगायतका चराले वर्षौंदेखि सफल गुँड बनाउँदै आएका छन् ।

वाइल्डलाइफ फोटोग्राफर निशान शर्मा ।

वाइल्डलाइफ फोटोग्राफर शर्माले व्यक्तिगत रूपमा मात्र पाँच सय भन्दा बढी चराका प्रजातिहरू दस्तावेज गरिसकेका छन् ।

Tags: #फोटोफिचरनिशान शर्मापर्यावरणफोटो फिचर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
समाचार

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

by सुमन रेग्मी
भदौ २३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन
विविध

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

by मनाेज अधिकारी
भदौ २३, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति इटहरीमा दीप प्रज्वलन तथा शोकसभा गरी भावपूर्ण श्रद्धाञ्जली...

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३
भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    282 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.