Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जेनजी आन्दोलनका सहिद कमल : परिवारको दुःखमा सारथी, हक्की र सहयोगी स्वभावका थिए

रासस by रासस
मंसिर ९, २०८२
in समाचार
0
जेनजी आन्दोलनका सहिद कमल : परिवारको दुःखमा सारथी, हक्की र सहयोगी स्वभावका थिए
62
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : किशोरावस्थादेखि नै हिलिहाङ गाउँपालिका–२ फलाँटेका कमल भण्डारीले विदेशमा बसेर देशको अवस्थाबारे चासो राख्थे ।

परिवारका सदस्यसँग कुराकानी गर्दा उनले देशका सुशासन र सरकारी सेवा सहज रूपमा पाउने अवस्था आवश्यक रहेको धारणा राख्थे ।

भारतसहित खाडी राष्ट्रहरू कतार र साउदी अरेबियामा ११ वर्ष बिताउनुभएका भण्डारीको परिवारका साथमा बसेर भविष्यमा सुखका दिन काट्ने सपना थियो ।

मानिसले सोचेको जस्तो सबै हुँदैन रहेछ । आफ्नो चाहनाअनुसारको माग लिएर चलेको जेनजी आन्दोलनमा सरिक भण्डारी सहिद बनेर सदाका लागि बिदा भए ।

सुशासन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवालगायत माग राखेर सुरुआत भएको जेनजी आन्दोलनमा सहभागी उनी झापाको बिर्तामोडमा भदौ २४ गते गोली लागेर सहिद भए ।

एसएलसी उत्तीर्ण हुनासाथ परिवारको दुःखमा सारथी बन्न भण्डारी भारततर्फ गएका थिए ।

तीन वर्ष त्यहाँ होटलमा काम गरेर गाउँ फर्केपछि उनी अर्कै देश जाने निर्णयमा पुगे । खाडी राष्ट्र कतार पुगेका उनले उतै सवारीसाधन सञ्चालनको सीप सिके । कतारमै सवारी सञ्चालन अनुमतिपत्र प्राप्त गरेर करिब पाँच वर्ष बिताएपछि उनी स्वदेश फर्किए ।

ताप्लेजुङको सिरिजङ्घाकी शीतल पौडेलसँग २०७६ सालमा विवाह बन्धनमा बाँधिएका भण्डारीले झापाको बिर्तामोड नगरपालिका–१० विराटपोखरमा साढे दुई कट्ठा जग्गा खरिद गरे ।

रोगले थलिएका बाबुआमालाई दुःख नहोस्, भाइबहिनीले राम्रोसँग पढ्न सकुन् भन्ने चाहनाले उनलाई पुनः विदेशको यात्राले दोहोर्‍यायो । नाबालक छोरो र श्रीमतीको साथ छाडेर उनी साउदी अरेबियातर्फ लागे ।

त्यहाँ पनि उनी सवारी सञ्चालनकै काम गर्दथे । श्रीमती शीतलका अनुसार मासिक आम्दानी पनि राम्रै थियो । विदेशमा भए पनि राम्रै आम्दानी भएकाले भण्डारी परिवारले खुसीसाथ जीवन जिउने सपना बनाएको थियो ।

साउदी अरेबिया गएको तीन वर्षपछि उहाँ गत चैतमा स्वदेश फर्किए । श्रीमती शीतल, छोरा रियान्स र बहिनी मायासमेत झापामै भएकाले उनी पाँचथर नआई बिर्तामोडमा घर बनाउन थालेका थिए ।

घरको भुइँतला ढलानसम्मको काम मात्र सकिएको थियो । फोनमा कुराकानी हुँदा दसैँमा पाँचथर आउने वचन दिएका उनी धमाधम घर निर्माणकै काममा सक्रिय थिए ।

जेनजी आन्दोलनप्रति समर्थन गर्ने र आवश्यक परे आफूले पनि योगदान दिनुपर्छ भन्ने कुरा कमलले श्रीमती शीतललाई भनेका थिए । गत भदौ २३ गते १९ जना आन्दोलनकारीको ज्यान गएको घटनापछि उहाँ भदौ २४ गते आन्दोलनमा जोडिएका थिए ।

हक्की र प्रष्ट वक्ता भण्डारी सबै नागरिकले समान हैसियत पाउनुपर्छ भन्ने चाहन्थे ।

विदेशबाट लामो समय देशको अवस्था नियाल्नुभएका उहाँ आन्दोलनको अग्र मोर्चामा रहने क्रममा गोली लागेर भदौ २४ गते साँझ सहिद हुनुभएको श्रीमती शीतलले जानकारी दिइन् ।

घटनाको एक साताअघि टेलिफोनमा कुराकानी हुँदा कमलले बुबा गणेशलाई दसैँसम्ममा घरको भुईँ तलाको काम सकिने बताएका थिए ।

“दसैँमा यहाँ (हिलिहाङको फलाँटे)को घर रङ्ग्याउन आइपुग्छु भन्थ्यो । तर भदौ २५ गते विहान कान्छो छोराले दाजुलाई गोली लाग्यो भनेर सुनायो”, गणेशले भने, “ऊ आन्दोलनमा गएको पनि मलाई थाहा थिएन ।”

श्रीमती शीतललाई ‘एकैछिनमा आउँछु’ भनेर हिँडेका कमल रात पर्दा पनि घर फर्किएनन् र फोन पनि उठेन । श्रीमती शीतल, बहिनी मायालगायतले रातैभरि मोबाइलमा फोन गरे ।

फोन लाग्ने तर कुनै प्रतिक्रिया नआउँदा सबैको मनमा चिसो पसिसकेको थियो । बहिनी मायाका अनुसार गत २५ भदौको बिहान १० बजे कमलको फोन बिएन्डसी अस्पतालका सुरक्षागार्डले उठाए ।

सुरक्षागार्डले ‘तपाईंको बिरामी यहाँ हुनुहुन्छ, आएर लिएर जानु’ भनेपछि परिवारमा रुवावासी चल्यो ।

“हामीलाई केही थाहा नै भएन । हाम्रो दाइ घाइते भएर अस्पतालमा हुनुहुन्छ भनेर हामीलाई कसैले जानकारी पनि गराएनन्”, मायाले भनिन्,“दाजुसँगै आन्दोलनमा आएका अरू कसैले पनि हामीलाई जानकारी गराएनन् । हामीले त चिन्ने कुरै भएन । त्यो समूहमा गएकामा दाजुलाई मात्रै गोली लागेछ ।”

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय विर्तामोड छेउमा भएको झडपमा कमलको कञ्चटमा गोली लागेको थियो ।

घाइते कमललाई सुरक्षाकर्मी र आन्दोलनकारीले उद्धार गरेर बिएन्डसी अस्पताल पुर्‍याएका थिए । कमलका परिवारजनले भोलिपल्ट मात्रै उहाँ ‘भेन्डिलेटर’मा भएको जानकारी पाए ।

“दाजु कस्तो अवस्थामा हुनुहुन्थ्यो भनेर हामीलाई हेर्न नै दिइएन । भाउजू बेहोस् अवस्थामा हुनुहुन्थ्यो”, बहिनी मायाले भनिन्, “चिकित्सकले गोली निकाल्न सकेनौँ । आफन्त पनि आउनुभएन भन्नुभयो । हामीले थाहा नै पाएनौँ भोलिपल्टसम्म । तर, त्यतिञ्जेलसम्म धेरै ढिलो भइसकेको रहेछ ।”

कमलको शवलाई २८ भदौमा अमरपुर ल्याई दाहसंस्कार गरिएको थियो ।

गणेशप्रसाद भण्डारी र खगमाया कार्की (भण्डारी)का माइला सुपुत्र कमलको जन्म २०५२ चैत १५ गते भएको थियो । हिलिहाङ–२ सिंहपुरस्थित सिंहपुर पशुपति माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेपछि उनले अध्ययन छोड्नुभएको बुबा गणेशको भनाइ छ ।

हरेक कक्षामा उत्तीर्ण हुने तर नतिजामा धेरै राम्रो अङ्क भने ल्याउन नसक्ने कमलको विशेषता थियो । आफूलाई लागेको कुरा बाल्यकालदेखि नै स्पष्ट रूपमा भन्ने र सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सोचाइ कमलको थियो ।

गाउँमा बस्ने मौका नै नमिलेका कारण कमलले समाजलाई योगदान दिनै नपाएको बुबा गणेशको भनाइ छ । “ऊ त सधैँ बाहिरको बाहिरै रह्यो । यहाँ गाउँघरमा सबैले उसका बारेमा जान्न पनि पाएनन्”, बुबा गणेशले भने, “समाजका लागि केही गरौँ भन्ने सोच राख्दथ्यो ।”

साउदी अरेबियाबाट फर्केपछि झापामा घर निर्माणमा लागेका कमल बुबाआमा भेट्न आइपुगेकै थिएनन् ।

“दसैँमा आउँछु भन्थ्यो । हामी (बुबाआमा)लाई पनि झापा लैजान्छु भन्थ्यो”, बुबा गणेशले बिलौना गरे, “तर भेट्न समेत नपाई बित्यो । मलाई पाल्ने छोरो नै अस्तायो ।” माइलो छोरो कमल शहिद बनेपछि अझैसम्म बुबा गणेशका आँखा ओभाएका छैनन् । आमा खगमाया पनि छोराबारे धेरै बोल्न चाहनुहुन्न । “दुई महिना बितिसक्यो । तर अझै पनि सपना हो कि भन्छु”, आमा खगमायाले भन्नुभयो, “खोइ हामीलाई किन यस्तो बज्रपात पर्‍यो ?”

स्थानीयवासी एवं हिलिहाङ गाउँपालिका–२ को कार्यालयका सचिव ज्ञानबहादुर अधिकारले शहिद कमल भण्डारीलाई एक स्पष्ट र सकारात्मक सोच भएको युवाका रूपमा सम्झिए ।

“विद्यार्थी हुँदादेखि नै म उहाँ (शहिद कमल)लाई चिन्दछु । स्पष्ट र केही गरौँ भन्ने सोच भएको युवा हुनुहुन्थ्यो”, अधिकारीले भने ।

श्रीमती शीतलका नजरमा शहिद कमल भण्डारी दुःख परेको मान्छेहरू सहयोग गर्नुपर्छ भन्ने भावना राख्ने युवा थिए ।

“धेरै आँटिलो मान्छे हुनुहुन्थ्यो । जुनसुकै काम पनि थालेपछि सकेर मात्रै छोड्नुपर्छ भन्ने सोचाइ राख्नुहुन्थ्यो”, शीतलले भनिन्, “अहिलेसम्म त्यस्तै गर्दै पनि हुनुहुन्थ्यो ।” अरूलाई छिटो साथी बनाउने र सबैसँग मिलेर बस्ने बानी कमलको थियो ।

शीतलका अनुसार कमलसँगै उनका जेठा दाजु पनि विदेश गएका थिए । तर हालसम्म फर्किएका छैनन् ।

कमलका दुई जना बहिनीहरूले विवाह गरिसकेका छन् । भाइ सानै भएकाले अध्ययन गरिरहेका छन् । यसकारण झापामा घर बनाएर बाबुआमालाई झापा नै लैजाने कमलको सपना थियो ।

तर त्यही सपनाको घर अहिलेसम्म पूरा हुन पाएको छैन । “हाम्रो घर निर्माण पनि पूरा भएको छैन । घर निर्माणमा पनि धेरै काम बाँकी रहेकाले हामीले चाहेको कुरा पूरा गरिदिनु हुन्छ भन्ने आशा सरकारसँग छ”, शीतलले भनिन् ।

कमलको अन्तिम पटकका लागि विदेश जाने सपना थियो । यसका लागि उनले आवश्यक प्रक्रिया पनि थालेका थिए ।

तर अन्तिम पटक विदेश गएर फर्केपछि नेपालमै गाडी चलाउने कमलको सपना थियो । यसका लागि उनले सवारी लाइसेन्स समेत निकाली सक्नु भएको शीतलले बताइन् ।

“विदेश गएर आएपछि आफ्नै सवारी साधन खरिद गरेर चलाउने सपना थियो तर उहाँको सपना पूरा हुन सकेन”, शीतलले भनिन्,, “उहाँको व्यक्तिगत सपना पूरा नभए पनि जेनजी आन्दोलनका सहिदहरूको माग पूरा भए हुन्थ्यो जस्तो लाग्छ मलाई ।”

जेनजीले उठाएका माग पूरा हुनुपर्ने र शहिद परिवारको जीवन रक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने शीतलले बताइन् । “देशमा भ्रष्टाचार नहोस्, राम्रो होस् भनेर नै सबै जना आन्दोलनमा जानुभएको थियो । सबै शहिदको सपना त देश राम्रो होस् भन्ने नै थियो पक्कै”, उनले भनिन्,“जेनजी आन्दोलनबाटै बनेको नयाँ सरकारले छिटोभन्दा छिटो जेनजीका माग पूरा गरिनुपर्छ ।”

आफ्नो चार वर्षको नाबालक छोराको अध्ययनको प्रबन्ध सरकारले गरिदिनु पर्ने, परिवारका सदस्यको उपचार र अध्ययनको व्यवस्था गरिनु पर्ने र आफूलाई रोजगारीको व्यवस्था हुनुपर्ने उनको माग छ ।

पवनको पनि अध्ययन र रोजगारीको प्रबन्ध हुनुपर्ने शीतलको माग छ ।

“मेरो देवर पवन भर्खर कक्षा ११ मा पढ्दै हुनुहुन्छ । उहाँ दाजुकै साहरामा पढ्दै हुनुहुन्थ्यो”, शीतलले भनिन्, “हाम्रो परिवारको आर्थिक अवस्था कमजोर छ । बुबाआमाले कमजोर स्वास्थ्य अवस्थाका कारण काम गर्न सक्नुहुन्न । परिवारको मूल खम्बा नै नभएपछि सरकारले सहयोग नगरे हाम्रो बिचल्ली हुन्छ” ।

Tags: #पाँचथर#राससजेन–जी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा
समाचार

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–५ का ५ सिताराम गुरुङ भरुवा बन्दुकसहित पक्राउ परेका छन् । गुरुङले भरुवा बन्दुक लुकाएर राखेको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–४ हरिनगरा–बसन्तपुर भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना...

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३
जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

भदौ १६, २०८३
संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

भदौ १६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

भदौ १६, २०८३

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.