विराटनगर : सेवा प्रवाह सञ्चालनका लागि कोशी प्रदेश सरकारको पहलमा शुक्रवार दुहबी नगरपालिकामा करिब १८ लाख बराबरको ल्यापटप कम्प्युटर दराज लगायतका ११ प्रकारका सामाग्री प्रदान गरिएको छ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नगरप्रमुख वेदनारायण गच्छदारलाई एक समारोहबीच सामान हस्तान्तरण गरे। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ध्वस्त भएका कार्यालयहरूलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत सहयोग गरिएको हो।
प्रदेशका ३० पालिकामा ६ करोड १८ लाख बराबरका सामग्री हस्तान्तरण हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत दुहबीबाट आज यो सुरुवात गरिएको हो।
प्रदेशका क्षतिग्रस्त ४०१ वडामध्ये १५४ वडामा सेवा चुस्त दुरुस्त पार्नको लागि यो सामग्री प्रदान गरिएको हो। जेनजी आन्दोलनमा प्रदेशका १३७ पालिकामध्ये ३७ पालिकामा क्षति पुगेको थियो ।
आन्दोलनपछि पूर्ण वा आंशिक क्षति पुगेपछि स्थानीय तहको सेवा प्रवाह छिटो र छरितो बनाउन प्रदेश सरकारले ठूलो मात्रामा सामग्री वितरण गरेकाले यसले आम नागरिकमा ठूलो राहत दिने प्रदेश सरकारको विश्वास छ।
यस कार्यक्रमअन्तर्गत कम्प्युटर, ल्यापटप, प्रिन्टर, यूपीएस, टेबल–कुर्सी, दराज, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्विच, औषधि तथा प्लास्टिक कुर्सी सहितका सामग्री कुल ६ करोड १८ लाख रुपैयाँ बराबरका रहेका छन्।
यो कार्य स्वीस सरकार विकास सहयोग कार्यक्रम अन्तरगतमाफर्त सहयोग गरिएको हो ।
कार्कीले जनताको काम वडाबाट नै हुने भएकाले स्थानीय तहलाई प्राथमिकतामा राखेर सेवा पुनर्स्थापना र क्षमता अभिवृद्धिको अभियान अगाडि बढाइएको उल्लेख गरे ।
उनका अनुसार क्षतिग्रस्त वडामा प्रशासनिक, प्राविधिक र स्वास्थ्य सेवा सहज बनाउँदै पुनर्निर्माण तथा पुनःसञ्चालनलाई गतिशील बनाउन यो सहयोग महत्वपूर्ण हुनेछ ।
मुख्यमन्त्री कार्कीले १० दिनभित्र यो सहयोग वितरण गरिसक्ने जानकारी दिँदै स्थानीय तह र प्रदेश सरकारका ध्वस्त संरचनाहरुलाई पनि पुनर्निर्माणका लागि पहल र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।













Discussion about this post