इनरुवा : सुनसरीको सदरमुकाम इनरुवा–२ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इनरुवा–१० जलपापुरका ३९ वर्षीय हारुन अन्सारी रहेका छन् ।
इनरुवादेखि बविया जाने क्रममा को ७ प ४९०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
अन्सारी हेलमेट नलगाइ मोटरसाइकल चलाएर इनरुवादेखि बबियातर्फ गइरहेका बेलामा मगर टोलस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।













Discussion about this post