विराटनगर : विराटनगरका छुट्टाछुट्टै स्थानमा दुई जना मृत भेटिएका छन् ।
बिहीवार बिहान करिब १० बजेतिर विराटनगर महानगरपालिका ९ मा एक महिला मृत अवस्थामा फेला परेकी हुन्। उनको नाम, थर र वतन खुलेको छैन ।
यसैगरी, विराटनगर महानगरपालिका ७ मा अन्दाजी ६० वर्षीय पुरुषोत्तम पन्त आफ्नै घरको प्यासेजमा मृत अवस्थामा फेला परेका हुन् ।
के कारणले मृत भेटिए भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
दुवै घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post