Monday, October 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

तीन महिना लगाएर बाघ गणना गरिने, पुस १ गतेदेखि सुरू

रासस by रासस
मंसिर २५, २०८२
in पर्यावरण, समाचार
0
खोटाङको राजापानीमा बाघ आतङ्क
77
SHARES
Share on FacebookShare on Twitter

आगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो ।

यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई तालिम दिइदै छ ।

निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंम सेवी, विद्यार्थी र संरक्षणका साझेदार तालिममा सहभागी हुँदैछन्। करिब एक सय ५० जना तालिम लिएर गणनामा खटिने उनले बताए ।

पुस ३ गते तालिम लिएका गणनाका लागि कार्यक्षेत्रमा परिचालन हुनेछन् । मगरका अनुसार दुई निकुञ्जमा नौ सय ग्रिड बनाइएको छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने छ ।

गणनाका क्रममा दुई निकुञ्जलाई तीन भागमा बाँडेर गणना गरिने छ । हरेक भागमा २० दिन क्यामेरा राखिने छ । एक भागमा ३०० ग्रिड हुनेछन्। एउटा ग्रिडमा २० दिन एउटा क्यामेरा राखिने छ । ग्रिडहरुकोबीच भागपर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने छन् ।

उनीहरुले भूगोल अनुसार आठदेखि बाह्र सम्मको ग्रिडमा राखिएको क्यामेरा दैनिक अनुगमन गर्ने उनले जानकारी दिए । ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ ।

बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ ।

बाघको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले जानकारी दिए । हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । पहिलो कम्प्लेक्स यो हो भने दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ ।

त्यहाँभित्र पनि तीन वटा व्लक हुने छन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुने छ । यो एउटै व्लक बनाइने छ ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो ।

बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने तयारी छ । गतवर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो ।

हरेक चार/चारवर्षमा गैँडा गणना गरिँदै आएको थियो । गतवर्ष गर्न नसकिएको गैँडा गणना यसवर्ष फरक विधिबाट गर्ने तयारी निकुञ्ज विभागको रहेको छ ।

Tags: #राससपर्यावरणबाघ गणना
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते
समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिक सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। सोमबार...

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे
समाचार

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था...

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कार्तिक ९, २०८३
धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

कार्तिक ९, २०८३
इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.