Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुरको टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

रासस by रासस
मंसिर २६, २०८२
in समाचार
0
भोजपुरको टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
63
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।

यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो ।

गाउँपालिकाको बजेटमा यहाँका सबै सामुदायिक विद्यालयको घेराबारा गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

सामुदायिक विद्यालयको शैक्षिक सुधारसँगै भौतिक संरचनाको सुरक्षाको लागि गाउँपालिकाले योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गरेर विद्यालयहरुको घेराबारा गरेको उनको भनाइ छ ।

“हामीले गाउँपालिकाभित्रका सबै विद्यालयको घेराबाराको काम सम्पन्न गरेका छौँ”, उपाध्यक्ष राईले भनिन्, “विद्यालयमा घेराबारा नहुँदा विभिन्न खालका समस्या देखिएपछि हामीले घेराबाराको कार्यक्रम सञ्चालन गरेका हाैँ ।”

धेरै विद्यालयहरु एकान्तमा रहेकाले विद्यालयमा पशुचौपाया तथा मानिसहरुले उपद्रो गर्दा क्षति पुग्दै आएको अवस्थामा घेराबारा गरिएपछि सहजता भएको सिंहदेवी माध्यमिक विद्यालय लेखर्कका प्रधानाध्यापक राजधन राईले बताए ।

घेराबारा गरिएपछि विद्यालयसँगै विद्यार्थीहरुको सुरक्षामा सहजता भएको उनको भनाइ छ ।

विगतमा विद्यालय क्षेत्र खुला रहँदा भौतिक संरक्षण तोडफोड हुने, गाईबस्तु चराउनेलगायतको समस्या रहेकोमा अव त्यसको अन्त्य भएको उनको भनाइ छ ।

“विद्यालयको घेराबारा नहुँदा धेरै समस्या थियो”, प्रधानाध्यापक राईले भने, “विद्यालयको चौरमा गाईबस्तु शैक्षिक गतिविधिमा समस्या हुन्थ्यो । विद्यालयमा अनावश्यक मानिसहरुको प्रवेश हुँदा शिक्षण सिकाइमा असर पुगेको अवस्था थियो । घेराबारा भएपछि विद्यालयको भौतिक सम्पत्तिको सुरक्षासँगै पठनपाठनमा सहजता छ ।”

गाउँपालिकाले यहाँको शैक्षिक सुधारको लागि भौतिक संरचना निर्माणसँगै विद्यालय प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज वातावरण निर्माणमा गाउँपालिकाले ध्यान दिएको उनको भनाइ छ ।

गाउँपालिकाले वार्षिक रुपमा उत्कृष्ट विद्यालयको छनोट गरेर पुरस्कृत गर्दै आएको अध्यक्ष बस्नेतको भनाइ छ । विद्यालयलाई लक्षित गरेर वार्षिक रुपमा प्रतिभा पहिचान कार्यक्रमसमेत सञ्चालन भइरहेको उनले जानकारी दिए ।

“हामीले सामुदायिक विद्यलायको शैक्षिकसँगै भौतिक सुधारमा जोड दिएका छौँ”, अध्यक्ष बस्नेतले भने, “वार्षिक रुपमा उत्कृष्ट विद्यालयलाई प्रोत्साहनसँगै प्रतिभा पहिचानको कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ ।”

गाउँपालिकाले शैक्षिक अनुसन्धानको कामसमेत गरिरहेको छ । स्थानीयको माग र आवश्यकताको आधारमा विकासका कामलाई अघि बढाएको उनको भनाइ छ ।

Tags: #भोजपुर#राससविद्यालय
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
FEATURE BREAKING

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

झापा : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा...

भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.