Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

वडाध्यक्षको कार्यकक्षमै ‘स्वास्थ्य क्लिनिक’, टाढा जानुपर्ने बाध्यता हट्यो

रासस by रासस
पुस १५, २०८२
in विविध, समाचार
0
वडाध्यक्षको कार्यकक्षमै ‘स्वास्थ्य क्लिनिक’, टाढा जानुपर्ने बाध्यता हट्यो
67
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका–७ नाजिङका स्थानीय अम्बरबहादुर विश्वकर्मा आइतबार बिहानै वडा कार्यालयतर्फ जाँदा अरू दिनभन्दा फरक थिए ।

उनको अनुहारमा खुसी प्रष्ट झल्किन्थ्यो । उमेरले ७२ नाघिसकेका विश्वकर्माको खुसीको कारण थियो, विगतमा भन्दा नजिकै स्वास्थ्य सेवा पाउनु ।

“पहिले सामान्य बिरामी हुँदा पनि १० किलोमिटर टाढा जानुपर्थ्याे । बिरामीभन्दा बढी उकालीे–ओराली हुँदै अप्ठ्यारो बाटोमा यात्रा गर्दा पीडा थपिन्थ्यो”, उनले भने, “अब त औषधिका लागि टाढा जानुपर्ने बाध्यता सकियो । वडा कार्यालयमै सेवा पाउने भएको छ ।”

विश्वकर्मा मात्रै होइन, अब नाजिङ र गार्मा क्षेत्रका नागरिकलाई विगतको बाध्यताबाट केही भए पनि मुक्ति मिल्ने भएको छ । सोलुदूधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले आइतबारदेखि आफ्नै कार्यकक्षबाट स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएसँगै केही राहत हुने भएको हो ।

वडाध्यक्षको यो पहलले स्थानीयलाई स्वास्थ्य समस्या आइपर्दा ठूलो राहत हुने स्थानीय सोनामछोटी शेर्पाले बताए।

“हिमाली भूगोलका कारण आधारभूत सेवाबाट टाढा रहँदै आएका स्थानीयका लागि यो सानो देखिने पहलबाट ठूलो राहत पुग्ने छ । वडा कार्यालयमा काम लिएर आउने हरेक नागरिकले स्वास्थ्य सेवा पनि पाउन थालेपछि स्थानीय तहप्रतिको विश्वाससमेत थप मजबुत भएको छ”, उनले भने ।

सोलुखुम्बु जिल्ला समुद्री सतहदेखि करिब एक हजार २०० मिटरदेखि आठ हजार ८४८ दशमलव ८६ मिटर उचाइसम्म फैलिएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँका धेरैजसो बस्ती अझै पनि स्वास्थ्य संस्थाबाट पाँचदेखि १५ किलोमिटर टाढा रहेका छन् ।

विशेषगरी यहाँका वृद्धवृद्धा, गर्भवती र दीर्घरोगीका लागि स्वास्थ्यचौकीसम्म पुग्नु नै चुनौतीको विषय बन्ने गरेको छ ।

सोलुदूधकुण्ड नगरपालिका–७ गार्माको वडा कार्यालय रहेको माथिल्लो गार्मा र सरकारी स्वास्थ्यचौकीको दूरी करिब १० किलोमिटर छ । त्यसैले यस क्षेत्रका नागरिकलाई लक्षित गरी स्वास्थ्य क्लिनिक सुरु गरिएको वडाध्यक्ष शेर्पाले बताए ।

“हामी जनप्रतिनिधि भनेको कार्यालयमा बस्नका लागि मात्र होइन, नागरिकको समस्या सुन्न र समाधान खोज्नका लागि पनि हो । यहाँका नागरिक सामान्य उपचारका लागि पनि १० किलोमिटर टाढा जान बाध्य भएकाले सहज स्वस्थ्य सेवा दिन यस्तो निर्णय गरेका हौँ”, उनले भने ।

क्लिनिकको प्रभावकारिताअनुसार थप व्यवस्थित गर्दै लैजाने र यसले सामान्य स्वास्थ्य समस्या हुँदा पनि टाढाको स्वास्थ्य संस्था धाउने समस्या अन्त्य गर्ने वडाध्यक्ष शेर्पाको भनाइ छ ।

उक्त स्वास्थ्य क्लिनिक हिमालयन केयर फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको वडासदस्य भलाकाजी कार्कीले बताए । नागरिकको सुझाव र आवश्यकताअनुसार सेवाको प्रभावकारिताका लागि योजना बनाइने उनले जानकारी दिए।

Tags: #रासस#स्वास्थ्यसोलुखुम्बु
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.