Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

तिनजुरे–मिल्के–जलजले क्षेत्र प्रवेशद्वारको अन्तर्य

रासस by रासस
पुस २०, २०८२
in भिजिट नेपाल, विविध, समाचार
0
तिनजुरे–मिल्के–जलजले क्षेत्र प्रवेशद्वारको अन्तर्य
69
SHARES
Share on FacebookShare on Twitter

तेह्रथुम : वसन्तपुर बजार गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे)क्षेत्र प्रवेश गर्ने प्रवेशद्वार हो ।

यहाँस्थित लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार पुग्दा मुख्य चोकको बिच सडकमा निर्मित लालीगुराँसको स्तम्भले सबैभन्दा पहिले स्वागत गर्छ । स्तम्भले गुराँसको राजधानी टिएमजे क्षेत्र पुगेको सङ्केत गर्छ ।

यो स्तम्भ २०७१ सालमा तत्कालीन पर्यटन कार्यालय काँकरभिट्टाको रु तीन लाख र स्थानीयको सहयोग गरी कुल रु पाँच लाख ८५ हजार बजेटमा निर्माण गरिएको हो ।

लालीगुराँस स्तम्भ लालीगुराँस नगरपालिकाको पहिचानजस्तै बनेको पूर्वप्रदेशसभा सदस्यसमेत रहेका लालीगुराँस संरक्षण अभियन्ता लक्ष्मण तिवारीले बताए । गुराँस याममा मात्रै फुल्छ, तर यहाँ पुग्ने पर्यटकलाई गुराँसको सदाबहार विम्ब देखाउन लालीगुराँस स्तम्भ निर्माण गरिएको उनले बताए ।

कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुममा स्थानीय पहिचान झल्काउन र स्थान विशेषको विशेषता बुझाउन ‘स्तम्भ’ निर्माण गर्ने गरिएको छ ।

स्थान विशेषसँग सम्बन्धित यस्ता स्तम्भले सम्बन्धित ठाउँको पहिचान दिन साथै प्रचारप्रसारमा सहयोग पुगी पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुगेको स्थानीय बताउँछन् । स्थान विशेषको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व साथै स्थानीय विशेषता ती स्तम्भले बोकेका हुन्छन् ।

जिल्ला सदरमुकाम म्याङलुङमा निर्मित मेयङ अर्थात् बिरालोको स्तम्भले म्याङलुङको ऐतिहासिकता बोकेको छ । मेयङ अर्थात् बिरालोको स्तम्भ म्याङलुङको विम्ब हो ।

परापूर्वकालमा म्याङलुङ नगरपालिका–२ नागदहमा बिरालो आकारको ढुङ्गाको रूपमा प्रकट भएकी शक्तिशाली मेयङलुङ देवीलाई पछि हालको म्याङलुङ बजारमा प्रतिस्थापन गरिएको इतिहास छ ।

यहीँ देवीको नामबाट सदरमुकामको नाम मेयङलुङ हुँदै म्याङलुङ रहन गएको हो । स्थानीय पालिकाको नामसमेत यसै देवीको नामबाट म्याङलुङ नगरपालिका राखिएको छ ।

यहीँ मेयङलुङको मिथक र ऐतिहासिकतालाई जीवन्त राख्न यो स्तम्भ निर्माण गरिएको स्तम्भ निर्माणको अगुवाइ गरेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका तत्कालीन सचिव तेजमान कन्दङवा बताउछन् ।

आर्थिक वर्ष २०७२-७३ मा म्याङलुङ नगरपालिकाको रु पाँच लाख र अन्य सहयोगी दाताको सहयोग गरी करिब रु ३५ लाख लागतमा रेलिङ, सिसी क्यामेरा र घण्टाघण्टामा बिरालोको आवाज निकाल्ने साउन्ड प्रविधिसहितको मेयङलुङ स्तम्भ निर्माण गरिएको थियो ।

स्थानीय पहिचान र विशेषता झल्काउन निर्माण गरिएका यस्ता स्तम्भले पर्यटकलाई आकर्षित गर्ने र उनीहरूमा त्यसबारे जान्ने इच्छा जागृत गराउने स्थानीय बताउँछन् ।

पर्यटक र यात्रा गर्ने क्रममा यात्रुहरूले यी स्तम्भमा तस्बिर खिच्ने, रिल र टिकटक बनाई सामाजिक सञ्जालमा पोष्ट गर्दा यी स्थानको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगेको स्थानीयको भनाइ छ । सदरमुकाम म्याङलुङमा मेयङलुङको स्तम्भ निर्माण गरिएपछि मानिसहरूको चहलपहल बढेको म्याङलुङकी स्थानीय कल्पना ल्वागुनले सुनाए ।

विशेषतः मध्यपहाडी लोकमार्गमा पर्ने बजार र चोकहरूमा यस्ता स्तम्भ निर्माण गरिएका छन् । स्थानीय बजार र गाउँठाउँको इतिहास र चिनारी झल्काउनेमात्र होइन स्थानीय कृषि उपजको प्रचारप्रसार र प्रवर्द्धन गर्न पनि स्तम्भ निर्माण गरिएका छन् ।

स्थानीय कृषि उपज लसुनको लागि प्रख्यात लसुने बजारमा लसुनको स्तम्भ निर्माण गरिएको छ । लालीगुराँस नगरपालिका वडा नं ७ र ९ को सङ्गमस्थलमा पर्ने लसुने बजारमा देश–विदेशमा रहेका लसुनेवासीको सहयोगमा २०७२ सालमा लसुनको स्तम्भ निर्माण गरिएको स्थानीय हिमबहादुर खत्रीको भनाइ छ ।

बजारको मध्यभागमा मध्यपहाडी लोकमार्ग सडकसँगै रहेको ‘लसुन स्तम्भ’ देखेरै धेरैले यो ठाउँको नाम र विशेषता थाहा पाउने गरेको उनले बताए।

त्यस्तै, म्याङलुङ नगरपालिका–९ स्थित हलिमेला बजारमा पनि काँधमा हलो बोकेको हलीको स्तम्भ निर्माण गरिएको छ । म्याङलुङ नगरपालिका र स्थानीयको सहयोगबाट निर्माण गरिएको स्तम्भको गएको वैशाखमा उद्घाटन गरिएको थियो । खेतैखेत रहेको हलिमेलामा पहिले खेतीपाती गर्ने क्रममा हलीहरू बस्दथे ।

पछि उनीहरुले नै यहाँ मेला लगाउने प्रचलनसमेत सुरु गरे । अहिले पनि हरेक वर्ष वैशाख १, २ र ३ गते हलीमेलामा मेला लाग्छ । त्यसैले यो ठाउँको नाम हलीमेला रहन गएको बताइन्छ । हलीमेलाको यहीँ ऐतिहासिकतालाई अक्षुण राख्न स्तम्भ निर्माण गरिएको स्थानीय खगेन्द्र तामाङले बताए ।

सदरमुकाम म्याङलुङको टुँडिखेलमा ढाका बुनिरहेको महिलाको स्तम्भ निर्माण गरिएको छ । यसले २०७९ सालमै ढाकाको राजधानी घोषणा गरिएको तेह्रथुमे ढाकाको लोकप्रियतालाई उजागर गर्छ । प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको यो स्तम्भले स्थानीय ढाका बुन्ने महिलाहरूको सम्मान भएको म्याङलुङ नगरपालिकाका उपप्रमुख जमुना कार्की सुवेदीले बताइन् ।

यसरी निर्माण गरिएका स्तम्भले इतिहास र परम्परालाई जीवन्त राख्न, स्थानीय विशेषता र महत्व दर्शाउन साथै पर्यटन प्रवर्द्धन गर्न सहयोग पुगेको जिल्लावासी बताउँछन् ।

यसका लागि स्थानीय सरकार र स्वयं स्थानीयसमेत एकजुट हुने गरेका छन् ।

पर्यटन प्रवर्द्धन र मौलिकता संरक्षणका लागि अपनाइएको यो शैली सुन्दर र प्रभावकारी बनेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सचिव राजकुमार तेयुङले बताए ।

Tags: #तेह्रथुम#भिजिट नेपाल#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
FEATURE BREAKING

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

झापा : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा...

भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.