Wednesday, July 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा शब्दको पर्व, पाठकका लागि घुम्ती साहित्य उत्सव

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २६, २०८२
in कला साहित्य, समाचार
0
इटहरीमा शब्दको पर्व, पाठकका लागि घुम्ती साहित्य उत्सव
106
SHARES
Share on FacebookShare on Twitter

इटहरी : शनिबार इटहरीमा कवि, लेखक तथा पाठकहरूले एकैठाउँ साक्षात्कार गरेका छन् ।

लेखक, पाठक र सिर्जनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजित ‘फाइनप्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव’ आयोजना गरिएको हो । जसले इटहरीलाई दिनभर साहित्यिक उत्सवमय बनायो ।

पूर्वका पाठकलाई केन्द्रमा राखेर आयोजना गरिएको उत्सवमा फाइनप्रिन्टद्धारा प्रकाशित ६ वटा पुस्तकमाथि संवाद आयोजना गरियो ।

महानायक राजेश हमालको आत्मकथात्मक पुस्तक युगदेखि युगसम्म माथि प्रसिद्ध कवि मनु मञ्जिलले संवाद गरे ।

कार्यक्रमको अन्त्यमा भएको उक्त सेसनले आम दर्शक, पाठकको ध्यान केन्द्रीत गर्यो । संवादमा हमालको जीवन, प्रेम, कला, समय र सार्वजनिक व्यक्तित्वभित्रको निजी यात्रामाथि चर्चा गरियो ।

यसैगरी २०८१ सालको मदन पुरस्कार विजेता उपन्यास उरमालका लेखक छुदेन काविमोसँग नाट्यकर्मी प्रज्वल पराजुलीले सहजीकरण गरे । छुदेनले कविता र उपन्यासलाई ‘सबैलाई सजाउने फूल’ का रूपमा व्याख्या गरे ।

डा. नवराज केसीको स्वस्पर्श पुस्तक केन्द्रित संवादमा जीवन, पीडा र आनन्दका तहहरू खुलाइए ।

नाट्यकर्मी सोनु जयन्तीको सहजीकरणमा केसीले जीवनलाई ‘अलिक परबाट हेर्ने दृष्टि’ विकास गर्नुपर्ने बताए । खासगरी मानिको शब्द पढ्दा निःशब्द बन्ने अवस्थामा नै त्यही पात्र कथा बन्ने उदृत गरे ।

बालरोग विशेषज्ञका रूपमा कर्णालीमा कार्यरत डा. केसीले मानिसलाई दुःखका लागि अनेक कारण रहेको भएपनि जीवनभित्र खुशी खोज्नुपर्ने बताए ।

यसैगरी पद्यश्री पुरस्कार विजेता कृति छालबाटोका लेखक रमेश भुसालसँग डा. अस्मिता विष्टले संवाद गरिन् ।

यस्तै, ददि सापकोटाको ज्ञानिकामाथि पत्रकार मिलन बुढाथोकीले सहजीकरण गरे । सुबिन भट्टराईको कृति चमेलीको फूल र बैजनी रुमालमाथि कवि धीरज राईले संवाद सञ्चालन गरे ।

कार्यक्रमको पहिलो चरणमा भने ११ जना कविहरूले कविता प्रस्तुत गरे ।

धीरज राई, टीका आत्रेय, तीर्थराज विश्वकर्मा, शुभलक्ष्मी लम्साल, विवेक विवश रेग्मी, अस्मिता विष्ट, अमित थेबे, सकुन्तला मञ्जरी, सुदीप पाख्रिन, मनु मञ्जिल र देवान किरातीका कविताले मञ्चलाई भावनात्मक बनायो ।

कवि बद्री भिखारीको अध्यक्षतामा भएको कार्यक्रममा फाइनप्रिन्टका सञ्चालक नीरज भारीले आफ्नो प्रकाशनका पाठक सबैभन्दा धेरै पूर्वमा रहेको बताउँदै पाठकप्रतिको सम्मानस्वरूप घुम्ती साहित्य उत्सव आयोजना गरिएको बताए ।

शब्द प्रवाह र काव्य डबलीको सहकार्यमा भएको कार्यक्रममा केआईईसीले सहयोग गरेको थियो ।

Tags: #इटहरी#साहित्यफाइनप्रिन्ट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरी र झापाबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट...

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य
FEATURE BREAKING

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको...

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३
इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

असार ३०, २०८३
कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३
पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    460 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.